जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बसुन्धरास्थित चिरायु नेशनल हस्पिटलले मुलुकमा रहेका सम्पूर्ण औषधि व्यवसायी र उनीहरुको परिवारलाई उपचार सेवामा सहुलियत दिने सम्झौता गरेको छ ।

चिरायु नेशनल हस्पिटल र नेपाल औषधि व्यवसायी संघबीच औषधि व्यवसायी र उनीहरुका परिवारलाई उपचार सेवामा सहुलियत दिने सम्बन्धमा आज हस्पिटलका कार्यकारी निर्देशक चन्डेश्वर बैद्य र संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
औषधि व्यवसायीहरुको उपचारमा लाग्ने अस्पतालको वेड शुल्कमा २० प्रतिशत, डायग्नोसिसमा १५ प्रतिशत, प्रोस्युडर शुल्कमा १२ प्रतिशत, फार्मेसी शुल्कमा ८ प्रतिशत, वेलनेश प्याकेजमा ५ प्रतिशत र एम्बुलेन्स सेवामा ५ प्रतिशत शुल्क डिस्काउन्ट दिने सो सम्झौतामा उल्लेख छ । यसैगरी औषधि व्यवसायीका परिवारका सदस्यहरुले भने वेड शुल्कमा १५ प्रतिशत, डायग्नोसिस शुल्कमा १० प्रतिशत, प्रोस्युडर शुल्कमा १० प्रतिशत, फार्मेसी शुल्कमा ८ प्रतिशत र एम्बुलेन्स शुल्कमा ५ प्रशित डिस्काउन्ट पाउनेछन् ।

त्यति मात्र नभई औषधि व्यवसायीहरुले सिफारिस गरेका व्यक्तिहरुलाई वेड शुल्कमा १० प्रतिशत, डायग्नोसिस शुल्कमा १० प्रतिशत, प्रोस्युडर शुल्कमा १० प्रतिशत, फार्मेसी शुल्कमा ८ प्रतिशत, वेलनेस प्याकेजमा ५ प्रतिशत र एम्बुलेन्स सेवामा ५ प्रतिशत डिस्काउन्ट दिइने भएको सम्झौता पत्रमा उल्लेख छ ।
हाल मुलुकमा २१ हजारभन्दा बढी औषधि व्यवसायीहरु रहेका छन् ।


सिन्धुलीमा महिलाको क्यान्सर स्क्रिनिङ तथा सचेतना शिविरः करिब ५०० महिलाको स्वास्थ्य परीक्षण
शनिबार, वैशाख २०, २०८२
कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा दन्त तथा मानसिक स्वास्थ्य शिविर
शुक्रबार, वैशाख १९, २०८२
अब १४ वर्षमुनिका बालबालिकाले नि:शुल्क क्यान्सर उपचार पाउने
शुक्रबार, वैशाख १९, २०८२
सबै बालबालिकाका लागि खोप, वैशाख ३१ मा मौका
शुक्रबार, वैशाख १९, २०८२