जनस्वास्थ्य सरोकार, काठमाडौँ । बजारमा देखिएको परासिटामोलको अभाव विस्तारै सहज हुँदै गएको छ ।

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडल र निजी औषधि उत्पादक कम्पनिहरुले उत्पादन बढाएसँगै बजारमा पारासिटामोटल पाइन थालेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वटा फार्मेसीमा अनुगमन गर्दा चारवटामा सिटामोल भेटिएको छ । बी एन्ड बी अस्पताल क्षेत्रका दुई फार्मेसीमा अनुगमन गर्दा दुवैमा सिटामोल भेटिएको थियो । चाबहिल क्षेत्रका ६ फार्मेसीमा अनुगमन गर्दा ४ वटामा सिटामोल थियो । फार्मेसीहरूले बिरामीको अवस्था अनुसार एक जना व्यक्तिलाई एक पत्ता सिटामोल दिएका छन् । सरकारले अनुगमन तीव्र बनाएपछि अहिले फार्मेसीहरूले औषधि लुकाएका छैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन बुधबार गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिनुभएको थियो । ।
त्यसपछि औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्ताहरुको औषधि व्यवस्था विभागमा छलफल भएको थियो । छलफलमा सबैले आ–आफ्नो तर्फबाट उत्पादन र आपूर्ति गर्ने प्रतिबद्धता जनाएका थिए ।

के महिनावारी हुन छाडेपछि यौन सुख प्राप्त गर्न सकिन्छ ?
आइतबार, चैत ३१, २०८१
साढें १२ करोडको लागतमा गौरादह नगर अस्पताल बन्ने, प्रधानमन्त्री ओलीद्धारा शिलान्यास
आइतबार, चैत ३१, २०८१
भरतपुर अस्पतालले लगायो प्लाष्टिकका झोला प्रतिबन्ध
आइतबार, चैत ३१, २०८१
नेपालगञ्जमा दुई वर्ष मुनिका बच्चाका आमाहरुलाई पोषणसम्बन्धि तालिम
शनिबार, चैत ३०, २०८१