जनस्वास्थ्य सरोकार, काठमाडौं । थोक, खुद्रा र आयात व्यवसायीहरु गरी करिब २ हजार औषधि व्यवसायी रहेको नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको प्रथम तथा द्धितिय साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।

सो अवसरमा उपस्थित वक्ताहरुले व्यवसायिक मर्यादा भूल्न नहुनेमा विज्ञहरुले जोड दिएका छन् ।
उद्घाटन समारोहमा औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भन्नुभयो—‘भारतबाट खुला सिमाको फाइदा उठाउँदै मुलुकमा भित्रिएका अवैध औषधि विक्रीवितरणमा व्यवसायीहरुले दोषीलाई प्वाइन्ट आउट गर्न सकेका छैनन् । यसले गुणस्तरहीन औषधि बिक्रीवितरण भएर जनस्वास्थ्यमाथि नै खेलवाड भइरहेको छ ।’
उहाँले सबैभन्दा धेरै एजिनोमाइथ्रोसिन एन्टिबायोटिक औषधि पसलहरुबाट धेरै बिक्रीवितरण भइरहेको औंल्याउँदै क्षणिक लाभको पछि नलागी एन्टिबायोटिकको दुरुपयोग नियन्त्रणमा सहयोग गर्न औषधि व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष बद्रिप्रसाद श्रेष्ठले गुणयुक्त, असरयुक्त, जनसुरक्षित तथा मूल्य एकरुपता औषधिहरु सर्वसुलभ उपलब्ध गराउँदै आएको बताउँदै औषधि बजारमा बढेको बिकृति र विसंगतिप्रति काठमाडौं जिल्ला शाखा सचेत रहेको स्पष्ट पार्नुभयो ।

काठमाडौं जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठले संस्थागत विकास, व्यवसायिक समस्याको समाधान र प्रभावकारी रुपमा सामाजिक उत्तरदायीत्वका कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ केन्द्रिय महासचिव रामचन्द्र शर्माले विगतदेखि यस संवेदनशील व्यवसायमा दक्ष जनशक्तिको अभाव, समय सापेक्ष परिवर्तन हुन नसकेको औषधि ऐनको प्रभाव, कार्यगत एकता र एकअर्काप्रति सम्मान गर्न नसकेको गुनासो व्यक्त गर्नुभयो ।

सो अवसरमा विभिन्न व्यक्तिलाई मायाको चिनो उपहार दिनुका साथै काठमाडौं जिल्ला शाखाले पहिलोपटक प्रकाशन गरेको स्मारिकाको विमोचन गरिएको थियो ।



के महिनावारी हुन छाडेपछि यौन सुख प्राप्त गर्न सकिन्छ ?
आइतबार, चैत ३१, २०८१
साढें १२ करोडको लागतमा गौरादह नगर अस्पताल बन्ने, प्रधानमन्त्री ओलीद्धारा शिलान्यास
आइतबार, चैत ३१, २०८१
भरतपुर अस्पतालले लगायो प्लाष्टिकका झोला प्रतिबन्ध
आइतबार, चैत ३१, २०८१
नेपालगञ्जमा दुई वर्ष मुनिका बच्चाका आमाहरुलाई पोषणसम्बन्धि तालिम
शनिबार, चैत ३०, २०८१