
जनस्वास्थ्य सरोकार, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ।
वडा कार्यालयले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्न थालेको हो । वडाका धेरै ज्येष्ठ नागरिक उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको पाइएपछि वडाले बजेटको व्यवस्था गरी औषधि वितरण थालेको हो।
चालु आर्थिक वर्षमा रु चार लाख बजेट व्यवस्था गरी औषधि वितरण थालिएको वडाध्यक्ष विमल राईले जानकारी दिनुभयो ।
स्वास्थ्यचौकी ओयामबाट उच्च रक्तचाप र मधुमेहको औषधि खाने ६० वर्षमाथिका वडावासीको तथ्याङ्क सर्वेक्षणपछि वडाले स्वास्थ्य शिविर आयोजना गरेको थियो। वडाध्यक्ष राईका अनुसार स्वास्थ्य परीक्षणपछि उच्च रक्तचाप र मधुमेहको औषधि वितरण थालिएको हो।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा दन्त तथा मानसिक स्वास्थ्य शिविर
शुक्रबार, वैशाख १९, २०८२
अब १४ वर्षमुनिका बालबालिकाले नि:शुल्क क्यान्सर उपचार पाउने
शुक्रबार, वैशाख १९, २०८२
सबै बालबालिकाका लागि खोप, वैशाख ३१ मा मौका
शुक्रबार, वैशाख १९, २०८२
मेडिकल कलेजको सम्बन्धन खारेज गरिने स्वास्थ्य मन्त्रीको गर्जन
शुक्रबार, वैशाख १९, २०८२
भत्ताको ढिलाइ र धम्कीपछि चिकित्सक आन्दोलनमा, मन्त्रीसँग छलफल
शुक्रबार, वैशाख १९, २०८२ट्रेन्डिङ
१