
हामीलाई बाँच्न अक्सिजनको आवश्यकता पर्छ । यो फोक्सोबाट शरीरका कोशिकाहरूमा पुग्छ । कहिलेकाँही रगतमा अक्सिजनको मात्रा सामान्यस्तरभन्दा कम हुनसक्छ । दम, फोक्सोको क्यान्सर, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी), फ्लू र कोभिड—१९ को संक्रमण आदिले शरीरमा अक्सिजनको स्तर घटाउनसक्छ । अक्सिजनको उच्च संद्रताले सास फेर्न र फोक्सोलाई समेत हानी पुर्याउनसक्छ ।
अर्कोतर्फ, रगतमा पर्याप्त मात्रामा अक्सिजन नपुग्दा हाइपोक्सिया हुन्छ जसले मुटु, मस्तिष्क र अन्य अंगहरूलाई नोक्सान पुर्याउन सक्छ । अक्सिजनको स्तर धेरै कम भएपछि अतिरिक्त अक्सिजन लिनुपर्ने हुनसक्छ जसलाई अक्सिजन थेरापी भनिन्छ ।
शरीरमा अतिरिक्त अक्सिजन प्राप्त गर्ने एउटा तरिका अक्सिजन कन्सेन्ट्रेटरको प्रयोग हो । अक्सिजन कन्सेन्ट्रेटर एक प्रकारको चिकित्सा उपकरण हो जसले बिरामीहरूलाई अक्सिजन आपूर्ति प्रदान गर्दछ । शरीरमा अक्सिजनको स्तर सामान्य भन्दा कम छ वा श्वासप्रश्वासको माध्यमबाट पर्याप्त अक्सिजन लिन फोक्सो सक्षम छैन वा पर्याप्त अक्सिजन प्रवाह गर्न शरीर सक्षम नभएका व्यक्तिहरुमा अक्सिजन कन्सेन्ट्रेटरको प्रयोग गरिन्छ । गम्भीर हाइपोक्सिया, पल्मोनरी एडेमा जस्ता समस्या भएका मानिहरूका लागि प्रायः कन्सेन्ट्रेटरहरूमार्फत अक्सिजन थेरापी आवश्यक हुन्छ ।
बिरामीको दीर्घकालीन समस्यामा घरमा हेरचाह प्रदान गर्न कन्सेन्ट्रेटरहरु प्रयोग गरिन्छ । अक्सिजन कन्सेन्ट्रेटरले कोठाबाट हावा लिन्छ र नाइट्रोजन फिल्टर गर्दछ । यस प्रक्रियाले शरीरलाई आवश्यक अक्सिजनको उच्च मात्रा प्रदान गर्दछ । अक्सिजन कन्सेन्ट्रेटरहरु अक्सिजनको आवश्यक मात्रा लिन प्रयोग गरिने चिकित्सा उपकरणहरू हुन् ।
स्वास्थ्य सेवा प्रदायकले तपाइले कति अक्सिजन लिनुपर्छ र कति समयसम्म निर्धारण गर्न सक्नुहुन्छ भन्ने निक्र्यौल गर्छ । तपाईको डाक्टरले पुरानो रोग र तीब्र रोग दुवै अवस्थामा अक्सिजन कन्सेन्ट्रेटर प्रयोग गर्न सिफारिस गर्न सक्नुहुन्छ ।
पुराना रोगहरूमा जस्तैः
- निद्रामा सास फेर्न नसक्नु
- सिओपीडी
- सिस्टिक फाइब्रोसिस
तीब्र अवस्थाहरूमा जस्तैः
-दम
- निमोनिया
-श्वासप्रश्वास सिन्ड्रोम
- ब्रोन्कोपल्मोनरी डिस्प्लेसिया

अमेरिकास्थित Nidek Medical Products Inc.ले उत्पादन गरेको कम्प्याक्ट र हल्का वजनको Nidek Nuvolite (5 LPM & 10 LPM) ले ९० प्रतिशत (90-95% at 5 LPM) भन्दा माथिको शुद्धतास्तरको साथ निरन्तर अक्सिजन प्रवाह गर्दछ । Nidek Nuvolite 5 LMP ०.१२५ देखि ५ लिटरसम्म समायोज्य प्रवाह वितरण दरसँग डिजाइन गरिएको यस कन्सेन्ट्रेटर घरमा आरामदायी अक्सिजन थेरापीका लागि अति उपयुक्त छ । यो अक्सिजन कन्सेन्ट्रेटरले ३३० वाटको कम उर्जा वचत वाटेजसँग काम गर्दछ र २२० भोल्टेजमा सामान्य विद्युतीय क्षमतामा काम गर्छ । यो कन्सेन्ट्रेटर Rapid Pressure Swing Absorption (RPSA) प्रविधि प्रयोग गरेर डिजाइन गरिएको हो जसको माध्यमबाट कन्सेन्ट्रेटर ३ मिनेटभन्दा कममा पूर्ण शुद्धतामा पुग्छ । Nidek Medical Products Inc. को स्थापना भएदेखि नै उच्च गुणस्तरको अक्सिजन कन्सेन्ट्रेटर र सम्बन्धित श्वासप्रश्वास उपकरण उत्पादनमा विश्वमा अग्रता लिएको छ । . NuvoLite, Nuvo 10 र लाइन अपहरु हाल १२० भन्दा बढी देशहरुमा प्रयोग भइरहेका छन् । सबै उत्पादनहरु ISO 13485:2016 Medical Devices Standards, ISO 60601 Medical Electric Device Standards, USFDA मान्यता प्राप्त छन् र उच्च गुणस्तर ध्यानमा राखी सोही अनुरुप सामग्रीहरू प्रयोग गरेर उत्पादन भएका छन् ।
अक्सिजन कन्सेन्ट्रेटर विभिन्न क्षमता, आकार, वजनमा आउँछन् । स्थिर मात्रामा अक्सिजन चाहिने बिरामी जस्तैः COPD, asthma का रोगीहरूको लागि 5 LPM को अक्सिजनको स्थिर प्रवाह पर्याप्त हुनसक्छ ।
अस्पतालमा भर्ना भएका बिरामीहरू जस्तैः तीब्र श्वासप्रश्वास रोग, कोभिड—१९ का रोगीहरू जसको ब्लड स्याचुरेसन अति कम छ र शारीरिक अवस्था कमजोर अस्थिर हुनसक्छ त्यस्ता बिरामीहरूका लागि उच्च आउटपुट भएका कन्सन्ट्रेटरहरू आवश्यक हुन्छ जुन 10 LPM को कन्सन्ट्रेटरहरूले पुरा गर्दछ ।
अक्सिजन कन्सेन्ट्रेटर श्वासप्रश्वास प्रणालीको लागि एउटा थेरापी हो जुन स्वास्थ्यसँग सिधा रुपमा जोडिएको छ । त्यसैले यसको गुणस्तर र यसले प्रवाह गर्ने अक्सिजनको बारेमा विशेष ध्यान पु–याउनुपर्ने हुन्छ । कम गुणस्तरीय मेसिनले भनेजति अक्सिजन प्रवाह नगर्न सक्छ । जसले गर्दा बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । त्यसैले यस मेसिन किन्नु पूर्व गुणस्तरको विषयमा विशेष ख्याल गर्नुपर्छ ।

रक्त सञ्चार सेवा केन्द्रमा रगत अभाव; बिरामीहरू पर्खाइमा
बिहीबार, वैशाख ११, २०८२
भत्ता नपाए सेवा बन्द गर्ने चिकित्सकको चेतावनी
बिहीबार, वैशाख ११, २०८२
नेपाली चिकित्सक डा. रिया बोहराको ऐतिहासिक विजय
बिहीबार, वैशाख ११, २०८२
आवासीय चिकित्सकको चर्को असन्तुष्टि, मन्त्रालय घेराउको तयारी
बिहीबार, वैशाख ११, २०८२-1745473075.jpeg)