नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले जेनेरिक औषधि सिफारिसका लागि पाँच सदस्यीय जेनेरिक औषधि सुझाव समिति गठन गर्नुभएको छ ।

मन्त्री पौडेलले औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा जेनेरिक औषधी सुझाव समिति गठन गर्नुभएको हो ।
सो समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्रा.डा. बलराम मल्ल, नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएशनबाट एक एक जना प्रतिनिधि रहेका छन् । समितिको सदस्य सचिवमा स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकार रहनुभएको छ ।
समितिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधीको सिफारिस र्गा अनिवार्य जेनेरिक नाम लेख्न सरल ढाँचासहितको कार्यविधि तर्जुमा गर्न कार्यादेश दिइएको छ । यसैगरी अन्य अस्पतालहरुमा जेनेरिक औषधीको नाम लेख्न गरिएका अभ्यास अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुुझाउन समेत भनिएको छ ।
२०७५ सालमा जारी भएको जनस्वास्थ्य ऐनको दफा २९ मा चिकित्सकहरुले औषधी प्रेस्काइव गर्दा जेनेरिक नाममा गर्नुपर्ने उल्लेख छ ।

उदयपुर अस्पतालमा डाक्टरमाथि दुर्व्यवहार, युवक पक्राउ
बुधबार, वैशाख २४, २०८२
दमौली अस्पतालमा सर्जिकल डेलिभरी बन्द, २ महिनादेखि सेवा ठप्प
बुधबार, वैशाख २४, २०८२
स्वास्थ्य बीमा नविकरण अब मोबाइलमै सम्भव
बुधबार, वैशाख २४, २०८२
बैतडीको पपितामा १० शैया अस्पतालको निर्माण तीब्रः ७० प्रतिशत काम सकियो
बुधबार, वैशाख २४, २०८२