नेभिगेशन

फिजियोथेरापी सेवा लिने एउटै मात्र अवस्था हुँदैन

उहाँ विगत १४ वर्षदेखि यो पेशामा संलग्न हुनुहुन्छ । अर्थोपेडिक्समा स्पेशलाइजेशन गर्नुभएकी गुरुङले फिजियोथेरापीमा मास्टर्स डिग्री गर्नुभएको छ । हस्पिटल र क्लिनिक गरी दैनिक ३०–४० जना बिरामीलाई फिजियो सेवा दिँदै आउनुभएको छ । जानौं फिजियोबारे उहाँको आफ्नै शव्दमा ।

कसलाई आवश्यक
फिजियोथेरापी सेवा प्रायः सबै खालका रोग, बच्चादेखि बृद्धबृद्धालगायत सबै उमेर समूहका व्यक्तिलाई जरुरी हुन्छ । खेलकुदमा लाग्ने चोटपटक, दुर्घटना पश्चात्को समस्या, जटिल दुखाई, हाडजोर्नी, डिस्क, स्पाइन, नशा, न्युरो, मुटुलगायत धेरै समस्यामा यसको आवश्यकता पर्छ ।

कसैकसैमा भिटामिन डी, बी १२ कमी भएमा समस्या आउनसक्छ । त्यस्तै थाइराइडले पनि समस्या गर्न सक्छ । साथै प्यारालाइसिस, नशा च्यापिएको, विभिन्न जोर्नीको दुखाई, मुख बाँगिएको, मुटुको शल्यक्रिया गरेपछि पनि फिजियोथेरापीको जरुरत पर्नसक्छ । स्पाइन, नशा, डिस्क आदिको शल्यक्रियापश्चात् सामान्य जीवनमा फर्कन, मांशपेशीलाई मजबुद गराउन र विकृति सुधारका लागि फिजियोथेरापी गर्नुपर्छ ।

मस्तिष्कघात भएर पूर्ण रुपमा प्यारालाइसिस भई ओछ्यानमा रहेका बिरामीलाई उठाउन, सोसाइटीमा पुनः स्थापित गराउन, क्षमता बढाउन फिजियोथेरापीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले सबैभन्दा पहिला समस्याको जड पहिचान हुनुपर्छ ।

एक तिहाई समस्या फिजियोबाट निको
शल्यक्रिया गर्नुपूर्व र शल्यक्रिया पश्चात् बिरामीको अवस्था हेरेर फिजियोथेरापी गरिन्छ । प्रायः ८० देखि ८५ प्रतिशत घटनाहरु बिना सर्जरी फिजियोथेरापीबाटै निको हुने गर्छन् ।

फिजियोथेरापीमा एक्सरसाइज, म्यानुल थेरापी, इलेक्ट्रो थेरापी, हाइड्रा थेरापी प्रयोग हुने गर्छ । फिजियोथेरापीमा मसल स्टुमुलेटर, टेन्स, आईएफटी, ट्रयाक्सन, अल्ट्रासोनिकलगायत विद्युतीय मेशिनहरुको प्रयोग हुन्छन् ।

एक्सरसाइजका लागि उपयोग हुने सामान थेरा ब्यान्ड, स्विस् बल, पुल्ली, सोल्ठर ह्विल, फिङ्गर ग्रिपर आदि हुन् । यी मेशिनहरुले दुखाई कम गराउने, मांशपेसीहरु खुम्चेको खुलाउने, सुन्नेको कम गराउने, रक्त सञ्चार राम्रो गराउने, नशा तन्काउने, नचलेको र कमजोर मांशपेशीलाई चलाउने र बलियो गराउँछन् ।

महिला बढी पीडित
महिला र पुरुष दुबैलाई फिजियोथेरापीको आवश्यकता पर्छ । यसो हुनमा अहिलेको लाइफ स्टाइल नै मुख्य कारण हो । महिलाहरुले घरायसी र अफिसको दुबै काम गर्नुपर्छ । महिलाहरुले नचाहेर पनि झुकेर काम गर्नुपर्छ । किचनमा काम गर्दा लामो समय उभिनुपर्छ । लिफ्टीङ, सिफ्टीङदेखि बच्चाको स्याहारसुसार समेत गर्नुपर्छ । घरअफिस दुबैतिर काम गर्नुपर्दा पुरुषको तुलनामा महिलालाई बढी समस्या हुने गर्दछ ।

बालबालिकामा बढ्दो नशा च्यापिने समस्या
निहुरिएर मोवाइल र ल्यापटप चलाउने कारण स–साना बालबालिकालाई पनि नशा च्यापिने समस्या देखिन थालेको छ । यस्तो अवस्थामा गर्धन र ढाडको मासु टाइट हुन्छ । जसले गर्दा बच्चाहरुको ढाड र गर्दनमा समस्या देखिनसक्छ । बालबालिकाहरुले आवश्यक पर्ने तत्व खानाबाट मज्जाले प्राप्त गर्न सकिरहेका छैनन् । जंकफुड र फास्टफूड बढी खान रुचाउँछन् । यसरी आवश्यक पोषण तत्वको अभावमा मांशपेशी दुख्ने समस्या बढिरहेको छ ।

प्रिभेन्सन इज बेटर देन क्योर’
बिरामीको अवस्था र मांशपेशीको क्षमता जाँच पश्चात् ग्रेडिङ पहिचान गर्नुपर्छ । त्यसपछि चरणवद्धरुपमा एक्सरसाइज बढाउनुपर्छ । बिरामीमा पनि आत्मवल हुन जरुरी पर्छ । यसको कुनै पनि साइडइफेक्ट छैन । बिरामीलाई कुनैपनि अप्ठ्यारो र गाह्रो हुँदैन । फिजियोथेरापीमा निको हुने समय सिमा ठ्याक्कै भन्न गाह्रो हुन्छ ।

बिरामीको अवस्था अनुसार एक हप्तादेखि वर्ष दिन वा सो भन्दा बढी समय पनि लाग्नसक्छ । अर्थोपेडिकका माइनर घटनामा बिरामीहरुलाई एक हप्तादेखि १५ दिनमा नै निको हुनसक्छ । क्रोनिक अवस्थामा अलि समय लाग्नसक्छ ।

त्यसैले जीवनशैलाई सहजीकरण बनाउनुपर्छ । स्पाइन चेयरको प्रयोग गर्नुपर्छ । गर्धनलाई स्ट्रेस नपर्ने किसिमले बस्नुपर्छ । धेरै निहुरियर काम गर्न हुँदैन । त्यसैले ‘प्रिभेन्सन इज बेटर देन क्योर’ ।

रिह्याविलिटेसन किन गर्ने ?
यो पुर्नस्थापना हो । स्पाइन, स्पाइनल इन्जुरी, न्युरोलोजिकल समस्या, स्ट्रोक, रुखबाट लडेको र भिरबाट खसेको, दुबै खुट्टा नचल्ने, आधा शरीर प्यारालाईसिस भएको अवस्थामा रिह्यावको महत्वपूर्ण भूमिका हुन्छ ।

अपरेशनपश्चात् कहिलेकाँही प्यारालाइसिस भएमा रिह्याविलिटेसनकै भूमिका हुन्छ । यसमा इलेक्ट्रोथेरापीलगायत विभिन्न प्रकारका विधि, पद्धती, मेसिनको प्रयोग गरिन्छ । नशा र मासु चलाउने मेसिन राखिएका हुन्छन । शरीरको मोबिलिटी बढाउने एक्सरसाइज हुन्छन् ।

यस्ता विधि र पद्धतिले नशा र मांशपेशी स्ट्युमुलेसन हुन्छ । कम्मर दुख्ने, नशा च्यापिने, घुँडा गर्धन दुःखेका बिरामीका लागि फरक उपचार व्यवस्थापन हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फिजियोथेरापी
के हो फिजियोथेरापी ?

के हो फिजियोथेरापी ?