वरिष्ठ प्याथोलोजिष्ट डा. निराजन मैनाली काठमाडौंको पानीपोखरीस्थित प्रथम प्याथोलोजी ल्याबोरेटोरी प्रा.लि.का सञ्चालक हुनुहुन्छ । उहाँ एसोसिएसन अफ क्लिनिक प्याथोलोजिष्ट अफ नेपालका (एसिपिएन) का महासचिव पनि हुनुहुन्छ । यो अंकमा हामीले उनै प्याथोलोजिष्ट मैनालीको करियर प्रस्तुत गरेका छौं । आउनुस् जानौं उहाँको आफ्नै शव्दमा..
मेरो कान्छो छोरालाई जन्मने बित्तिकै आईसियूमा भर्ना गर्नुपर्यो । शुरुमा उसलाई एक दुईवटा रोग मात्र शंका गरेका थियौं । बालरोग विशेषज्ञसँग कुरा गर्दा कुनै पनि समस्या नभएकाले डिस्चार्ज गर्दा पनि हुने जानकारी दिनुभयो । त्यसअघि दिसामा रगत देखिएनदेखिएको एकिन गर्न प्याथोलोजी जाँच गर्नुथियो । म आफैं प्याथोलोजिष्ट भएकाले जाँच ग¥यौं । दिसामा रगत देखियो । त्यसपछि शंका बढ्दै गयो । छोराको सम्पूर्ण ल्याब परीक्षण पुनः दोहोर्याएर ग¥यौं । करिब डेढ घण्टामा सबै ल्याब रिपोर्ट निकाल्न सफल भयौं । रिपोर्टमा कलेजोलगायत धेरै अंगमा समस्या भएको देखियो । प्याथोलोजी रिपोर्ट ५—६ घण्टा ढिलो भएको भए सायद छोरा गुमाउनुपर्ने अवस्था थियो । तर समयमा आएको रिपोर्टको आधारमा उपचार गरेकाले छोरालाई केही पनि भएन । करिब १२ दिन आईसियूमा राखेर डिस्चार्ज ग¥यौं । अहिले छोरा २ कक्षामा अध्ययन गर्छ । यसरी प्याथोलोजी रिपोर्टमा समयको महत्व कति छ भन्ने कुरा पुष्टि हुन्छ ।
प्याथोलोजी सेवा नै रोग पहिचान र निदानको पहिलो खुड्किलो हो । यहिँबाट गडबडी भयो भने मान्छेको जीवन नै गडबडी हुन्छ । प्याथोलोजी सेवामा गुणस्तरीय उपकरणको महत्वपूर्ण भूमिका रहन्छ । यसलाई चलाउन सक्ने दक्ष प्राविधिक अर्को महत्वपूर्ण भाग हो । प्याथोलोजी सेवा दिँदा उपकरणले ठीक काम गरे नगरेको निगरानी राख्नुपर्छ ।
अन्यथा परीक्षण रिपोर्ट ठीक नआउन सक्छ । यसबाट ल्याव सेवा लिन व्यक्तिले गरेको लगानी बालुवामा पानी हालेजस्तै हुनसक्छ । यति मात्र होइन आवश्यक उपचारको अभावमा व्यक्तिको ज्यान जानसक्ने खतरासमेत रहन्छ । त्यसैले प्याथोलोजी सेवामा समय, उच्च गुणस्तरीय रिपोर्ट र विश्वसनीयताको महत्वपूर्ण भूमिका हुन्छ । व्यक्तिको पहुँच र आरामदायी सेवाको पनि त्यत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।
प्याथोलोजीमा करियर शुरु गरेको करिब १० वर्ष जति भयो । सन् २००४ मा ढाका युनिभर्सिटीबाट एमबीबएस पूरा गरेर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सन् २०१२ मा प्याथोलोजीमा एमडी गरेँ र त्यसपछि निरन्तर सेवारत छु । करिब ७ वर्षजति बिराटनगरको नोबेल मेडिकल कलेजबाट सेवा गरेँ । किड्नी प्याथोलोजीको कमी, बायोप्सीमा समस्या र सबै नमुना भारत जाने गरेकाले सन् २०१८ मा रेनल प्याथोलोजीमा फेलोसिप गर्न क्यानाडा गएँ । अहिले प्रथम प्याथोलोजी ल्याबोरेटोरी प्रा.लि. सञ्चालनमा ल्याएको छु ।
अहिले ‘देश बाहिर रगत टेष्ट गर्न जान पर्दैन’ भन्ने मान्यताका साथ काम गरेका छौं । आ—आफ्नो विधामा स्पेशलाईज गरेका दक्ष प्याथोलोजिष्टहरुको बलियो टिम छ । म रेनल प्याथोलोजीबाहेक अरु हेर्दिन । स्पेशलाईज डाक्टरले मात्र सम्बन्धित व्यक्तिको रिपोर्ट हेर्ने हाम्रो मान्यता हो । हामीले ३ देखि ४ वर्षभित्र बाहिरिने अधिकांश नमुना रोक्ने लक्ष्यका साथ काम अघि बढाएका छौं ।
मैले एमबीबीएस गरेको ताका धेरैको मेडिसिन र सर्जरीप्रति आकर्षण थियो । सबैजना मेडिसिन र सर्जरीमात्र अध्ययन गरेर पनि हुँदैन जस्तो लाग्थ्यो । त्यही बेला प्याथोलोजीमा छात्रबृत्ति पनि पाएँ । यसैमा रमाइलो लाग्न थाल्यो । धेरै चुनौति थिए । सुविधाहरु प्रयाप्त थिएनन् । तर ‘फाइनल डायग्नोसिस इज प्याथोलोजिकल डायग्नोसिस’ को मान्यता थियो । कहिलेकाँही डायग्नोसिस गलत पनि हुनसक्ला तर प्याथोलोजिष्टले भनेका कुरा अन्तिम हुन्छ । त्यसमा रेडियोलोजी पनि हुँदैन र क्लिनिसियनले भनेका कुरा पनि हुन सक्दैन ।
अहिले नेपालमा गल्ली गल्लीमा प्याथोलोजी ल्याव खुलिरहेका छन् । तर यिनीहरुले दिने सेवाको गुणस्तर र विश्वसनीयतामाथि पर्याप्त बहस भएको छैन । पर्याप्त अनुगमन पनि भएको छैन । यसको मारमा पर्छन् सर्वसाधारण । जीवनमा कहाँ, के गर्ने भन्दा पनि के महत्वपूर्ण छ भन्ने कुराले महत्व राख्दो रहेछ । त्यसैले उच्च गुणस्तरीय रिपोर्ट चाँडो दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । मेडिकल कलेजमा काम गर्दा पनि हामी यस्तै अभ्यास गर्दथ्यौं ।
नेपालका कुनै पनि ल्याबमा गरिएको परीक्षणको रिपोर्टको विश्वसनीयता अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने भयो भने मात्र हाम्रो राष्ट्रिय जनस्वास्थ्य नीति विश्व मापदण्डको हुनसक्छ । सरकारले प्रयोगशाला सेवा भएका हरेक स्वास्थ्य संस्थामा गुणस्तर जाँच गर्ने निकायको व्यवस्था गर्नुपर्छ । सरकारले अनुगमन, नियमन र गुणस्तर जाँचमा कडाइ गर्ने हो भने गल्ली गल्लीमा खुलेका प्याथोलोजी ल्याबहरु कि त नियम अनुसार चल्न बाध्य हुन्छन् कि बन्द हुन्छन् । मेरो जन्मस्थान झापाको सुरुङ्गा हो । बुबा लक्ष्मीप्रसाद मैनाली र आमा लक्ष्मी मैनालीको म कान्छो छोरा हो । दाइ विदेश हुनुहुन्छ । मेरो श्रीमति डा. नेहा हुमागाईं आईभिएफ स्पेशलिष्ट छिन । मेरो सन्तानको रुपमा २ वटा छोराहरु छन् ।

प्याथोलोजी सेवाको विस्तार खै ?
शुक्रबार, चैत १५, २०८१