मुटु रोग विश्वव्यापी मृत्युको प्रमुख कारण मानिएको छ । विगतमा कमजोर आर्थिक अवस्था, शिक्षा र चेतनाको अभावले बिरामी हुँदा पनि घरमै बसेर प्राण त्याग्ने गरिन्थ्यो । धामीझाँक्रीलाई देखाउने प्रचलन थियो । तर अहिले आम रुपमा पहिलेको भन्दा आर्थिक अवस्थामा अलिकति भनेपनि सुधार आएको देखिन्छ । समुदायस्तरमा सरकारी तथा निजी स्वास्थ्य संस्थाहरु बढेकाले उपचारका लागि धामी झाँक्री नभएर स्वास्थ्य संस्था जानुपर्छ भन्ने चेतना बढेको छ । त्यसले रोग पहिचान हुने संख्या पहिलेको तुलनामा बढेको पाइन्छ । पहिला बाटोघाटो थिएन । शारीरिक परिश्रम धेरै हुन्थ्यो । एकदिनमा ५०–६० किलोमिटरसम्म यात्रा तय गर्नुपर्दथ्यो । आजकल बिलासी जीवन बढेको छ । स्वास्थ्यलाई हानी गर्ने खानेकुरा खाने बानी बसेको छ । खाद्य पदार्थमा विभिन्न खालका किटनाशक, विषादीहरुको प्रयोग बढेको छ । यसले रोगको जोखिम पनि बढाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, कार्डियोभास्कुलर रोगबाट वर्षेनी करिब १ करोड ७९ लाख मानिसको मृत्यु हुने गरेको छ जुन विश्वव्यापी मृत्युको ३२ प्रतिशत हो । तीमध्ये ८५ प्रतिशतको मृत्यु हृदयघात र मस्तिष्कघातका कारण हुने गरेको छ । कार्डियोभास्कुलर रोगबाट हुने मृत्युको तीन चौथाई भन्दा बढी कम र मध्यम आय भएका देशका नागरिक हुने गरेका छन् । सन् २०१९ मा नसर्ने रोगका कारण भएका १७ लाख अकाल मृत्यु (७० वर्ष मुनिका) मध्ये ३८% मुटुजन्य रोगका कारण भएको थियो ।
यसैगरी वयस्कहरु उच्च रक्तचापको जोखिममा रहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ७९ प्रतिशत युवाको रक्तचाप नियन्त्रण बाहिर रहेको छ । समयपूर्व हुने मृत्युको प्रमुख कारण यो पनि । विश्वभर ३०—७९ वर्ष उमेर समूहका करिब १ अर्ब २८ करोड वयस्कहरूलाई उच्च रक्तचाप छ । यसमध्ये दुई तिहाइ कम र मध्यम आय भएका देशहरूमा बस्ने गर्छन् । उच्च रक्तचाप भएका करिब ४६ प्रतिशत वयस्कहरूलाई उच्चरक्तचाप भएको पत्तै हुँदैन । उच्च रक्तचाप भएकामध्ये आधाभन्दा कम अर्थात ४२ प्रतिशत वयस्कले मात्र निदान र उपचार सेवा प्राप्त गरिरहेका छन् ।
उच्च रक्तचाप भएका ५ जना वयस्कमध्ये लगभग १ जना (२१ प्रतिशत) ले मात्र यो नियन्त्रणमा राख्न सकेका छन् ।उच्च रक्तचाप विश्वभर समयपूर्व हुने मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठनका अनुसार, यसको एक मात्र उपाय बेलाबेलामा रक्तचाप जाँच गराउनु नै हो । कतिपयले स्वचालित यन्त्रहरू प्रयोग गरेर आफै पनि रक्तचाप मापन गर्न सक्छन् । धेरैजसो मुटु रोगलाई सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ आहार, मोटोपना, शारीरिक निष्क्रियता र रक्सीको हानिकारक प्रयोग जस्ता व्यवहारजन्य जोखिम कारकहरूलाई रोकथाम गरेर नियन्त्रण गर्न सकिन्छ । यसप्रति सचेत हुन जरुरी देखिन्छ ।

आईभिएफ सेन्टरहरूलाई नियमनको जरुरी
आइतबार, चैत १७, २०८१-1743920565.jpg)
क्रिटिकल केयरमा बीमाको दायरा बढाउन जरुरी
आइतबार, चैत १७, २०८१-1743920319.jpg)
क्यान्सर सचेतना र स्क्रिनिङको जरुरत
आइतबार, चैत १७, २०८१
सडक सुरक्षाबारे पाठ्यक्रममै राखेर सचेत गराउन जरुरी
बुधबार, चैत १३, २०८१