नेभिगेशन

न्युरोलोजी सेवाः नेपालमा सफलताको नयाँ युग

 

मस्तिष्क र मेरुदण्डसँग सम्बन्धित बिरामी र यसबाट निस्केका नसाका हाँगाबिँगा र यससँग जोडिएका मांशपेशीलगायतको विज्ञान हेर्ने विषयलाई न्यूरो भनिन्छ । न्युरो भनेको मस्तिष्क र ढाडको समस्या मात्र होइन । बाहिरको नसासहित मांशपेशीका बिरामी पनि न्युरो अन्तर्गत पर्ने विषय हो ।

वास्तवमा मुटु, एचआईभी भन्दा पनि न्युरोसम्बन्धि समस्या भएका बिरामीहरुको  अपांगता, अशक्तता र असक्षमता अत्यधिक पाइन्छ । हाम्रोजस्तो न्युन आम्दानी भएका विकासोन्मुख देशहरुमा ८ प्रतिशत मानिसको मृत्यु न्युरोलोजिकल समस्याका कारण हुने गर्छ । न्युरोलोजिकल समस्याले  अझ मानिसको मृत्यु गराउनसक्ने भएकाले यसप्रति सजगत र सचेत हुन जरुरी हुन्छ । न्युरोलोजिकल समस्या पहिचानका लागि सिटी स्क्यान र एमआरआईको भूमिका महत्वपूर्ण हुन्छ ।

वीर अस्पताल सन् १९८४ मा पहिलो सिटी स्क्यान जडान गरिएको थियो । डा. दिनेश नाथ गंगोललगायतका चिकित्सकहरुको सक्रियतामा सो सिटी स्क्यान जडान गरिएको थियो । १९८९ मा आर्मी हस्पिटलमा पहिलो एमआरआई जडान गरिएको थियो । महत्वपूर्ण कुरा के हो भने सन् १९८९ मा प्रा.डा. उपेन्द्र देवकोटा न्युरो सर्जरी सेवा सकेर बेलायतबाट नेपाल फर्किनुभएको थियो । उहाँले शुरु गरेको सफल न्युरो सर्जरी सेवा र तालिमका कारण अहिले मुलुकमा न्युरो सर्जरी सेवाले फड्को मारेको छ ।

न्युरोलोजिकल समस्यामा घाँटी, ढाडको दुखाई, टाउकाको चोट, ट्युमर, ब्रेनका ट्युमर, मस्तिष्कघात, मिर्गी, टाउको दुखाई, हातगोडा झमझम गर्ने पर्दछन् । नेपालमा बार्षिक १५ लाख बिरामीले न्युरोलोजिकल कन्सल्टेसन सेवा लिइरहेका छन् । त्यसमा २५ हजारको शल्यक्रिया हुने गर्छ । अहिलेको सुविधालाई हेर्दा एक तिहाइले मात्र न्युरोलोजी र न्युरो सर्जरीको सेवा पाएका छन् ।न्युरोलोजीसम्बन्धि समस्या भएका बिरामीहरुलाई राम्रोसँग उपचार गरेको अवस्थामा उसलाई राम्रोसँग निको पार्न सकिन्छ । यसमा टिमवर्कको भूमिका महत्वपूर्ण हुन्छ । न्युरोअन्तर्गत पक्षघातको समस्या मुटुका रोगीहरुभन्दा पनि धेरै छ । यसले मानिसलाई पक्षघात बनाएर मार्छ । पक्षघात अरु बिरामीभन्दा धेरै छ । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
डा. लेखजंग थापा
डा. लेखजंग थापा

उहाँले एमबीबीएस, एमडी इन्टरनल मेडिसिन डीएम, न्युरोलोजी गर्नुभएको छ । उहाँ हाल नेसनल न्युरो सेन्टर महाराजगञ्ज, काठमाडौंका न्युरोलोजी विभाग प्रमुख, नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

थप डाक्टर भन्नुहुन्छ