नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल चिकित्सक संघले निजी मेडिकल कलेजहरूको प्रकाशित सिट संख्या घटाएर चिकित्सा शिक्षा आयोगले जारी गरेको म्याचिङ प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ। संघले सोमबार एक विज्ञप्ति जारी गर्दै हालको म्याचिङ प्रक्रिया अविलम्ब रोक्न र पूर्वनिर्धारित सिट संख्याका आधारमा प्रक्रिया पुनः प्रारम्भ गर्न आग्रह गरेको छ।
संघका अनुसार, निजी मेडिकल कलेजमा स्नातकोत्तर तहका विद्यार्थीलाई आर्थिक सुविधा उपलब्ध गराउन अस्वीकार गरिएको अवस्थामा हालको म्याचिङ सूचना सार्वजनिक गरिएको हो। संघले सरकारी मेडिकल कलेजका चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउन र चिकित्सा शिक्षा आयोगको आगामी बैठकमार्फत निर्णय पुनरावलोकन गर्न जोड दिएको छ।
'चिकित्सा शिक्षा आयोगद्वारा नेपाल सरकारका शैक्षिक संस्थाहरुमा स्नातकोत्तर (एमडी/एमएस/एमडीएस) को सिट संख्या थप गर्ने निर्णय गरिए पनि निजी मेडिकल कलेजहरुको प्रकाशित सिट संख्या घटाई म्याचिङको सूचना निकालिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,' संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सर्वोच्चको आदेशपछि चिकित्सा शिक्षा आयोगद्धारा पिजीको म्याचिङ तथा भर्ना कार्यक्रम स्थगित
शुक्रबार, चैत २२, २०८१
फेसबुक-टिकटकमार्फत औषधिको भ्रामक प्रचार नगर्न औषधि व्यवस्था विभागको निर्देशन
शुक्रबार, चैत २२, २०८१
एक्लोपनले शरीरमा कस्तो असर गर्छ ?
शुक्रबार, चैत २२, २०८१
शल्यक्रियाका लागि उपकरणको अभावः बिरामीलाई रेफर गर्न बाध्य
शुक्रबार, चैत २२, २०८१