नेभिगेशन

पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण

नेपाल हेल्थ न्युज, काभ्रेपलाञ्चोक । देशका चार अस्पताललाई ३६ ‘हेमोडाइलासिस मेसिन’ प्रदान गरिएको छ । जर्मन रोटरी क्लबको सहयोग र रोटरी क्लब अफ धुलिखेलको समन्वयमा आइतबार ४ अस्पतालको लागि ३६ वटा हेमोडायलाइसिस मेशिन हस्तान्तरण गरिएको हो । 

धुलिखेल अस्पताल धुलिखेललाई १० वटा, शिर मेमोरियल अस्पताल बनेपालाई १० वटा, कौशल्या मेमोरियल अस्पताल कोहलपुर बाँकेलाई १० वटा, र सहिद स्मृति सामुदायिक अस्पताल बर्दघाटलाई ६ वटा गरी ३६ वटा हेमोडायलाइसिस मेशिन हस्तान्तरण गरिएको छ । 

धुलिखेल नगरपालिकामा आयोजित कार्यक्रममा मिर्गौला रोगीहरूको उपचारलाई प्रभावकारी बनाउन  ति मेसिन हस्तान्तरण गरिएको जानकारी दिइएको छ । 

पाँच करोडभन्दा बढी मूल्य पर्ने यी उपकरणहरूले मृगौला रोगीहरूको उपचारमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको रोटरी क्लब अफ धुलिखेलकी अध्यक्ष ज्योत्सना सैंजुले बताउनुभयो । 
सो अवसरमा रोटरी क्लब अफ धुलिखेल, धुलिखेल अस्पताल र नगरपालिकाबीच ब्लड बैंक स्थापना तथा विद्युतीय शवदाह गृह निर्माण गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ न्यूज