नेपाल हेल्थ न्युज, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद दीपक बोहराको निधन भएको छ। उहाँले काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा अन्तिम श्वास लिनुभयो ।
कोभिड–१९ महामारीको दोस्रो लहरमा संक्रमित भएपछि उहाँको स्वास्थ्यमा दीर्घकालीन असर देखिएको थियो । संक्रमणमुक्त भए पनि बोल्न गाह्रो भयो । त्यसको केही समयपछि घाँटीमा क्यान्सर देखियो ।
बोहराको उपचारका लागि भारतको दिल्ली र अमेरिकाको न्यूयोर्कसम्म प्रयास गरिएको थियो। स्वास्थ्य समस्याका बाबजुद उहाँले राजनीतिक सक्रियता कायम राख्न प्रयास गर्नुभयो ।
उहाँ ३१ असोज २०७४ मा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएको थियो । राजनीतिक जीवनका क्रममा उहाँले स्वास्थ्य क्षेत्र सुधारका प्रयासमा भूमिका निर्वाह गर्नुभएको थियो ।

सर्वोच्चको आदेशपछि चिकित्सा शिक्षा आयोगद्धारा पिजीको म्याचिङ तथा भर्ना कार्यक्रम स्थगित
शुक्रबार, चैत २२, २०८१
फेसबुक-टिकटकमार्फत औषधिको भ्रामक प्रचार नगर्न औषधि व्यवस्था विभागको निर्देशन
शुक्रबार, चैत २२, २०८१
एक्लोपनले शरीरमा कस्तो असर गर्छ ?
शुक्रबार, चैत २२, २०८१
शल्यक्रियाका लागि उपकरणको अभावः बिरामीलाई रेफर गर्न बाध्य
शुक्रबार, चैत २२, २०८१