नेभिगेशन

पत्रकार रजकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक, शरीरमा गोली लागेको कुनै प्रमाण भेटिएन

नेपाल हेल्थ न्युुज, काठमाडौँ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। 

त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागले पत्रकार रजकको मृत्यु जलेर भएको पुष्टि गरेको हो । 

रजकको शरीरमा गोली लागेको कुनै प्रमाण नभेटिएको र मृत्युको कारण जलेर भएको फरेन्सिक विभागको निष्कर्ष छ । पोस्टमार्टम रिपोर्टले आगलागी हुँदा रजक जीवित रहेको र श्वासप्रश्वास नलीमा धुँवाको मुस्लो पाइएको देखाएको छ।

रजकको शरीरमा गोली लागेको हल्लाका कारण एक्स–रे गर्न ढिलाइ भएको थियो। एक्स–रे रिपोर्टपछि बुधबार पोस्टमार्टम गरिएको थियो। अहिले रजकको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट