नेपाल हेल्थ न्युज, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले पूर्वनिर्धारित सिट सङ्ख्या घटाएर ‘म्याचिङ’ प्रक्रिया अघि बढाएपछि स्नातकोत्तर तहका विद्यार्थी आन्दोलित भएका छन् । चिकित्सा शिक्षा स्नातकोत्तर (पिजी) अध्ययन गर्ने विद्यार्थी आयोगले सिट सङ्ख्या घटाउँदा आफूहरूले पिजी अध्ययन गर्न नपाउने भन्दै आन्दोलित भएका हुन् । विद्यार्थीले चिकित्सा शिक्षा आयोगलाई अहिलेको म्याचिङ प्रक्रिया तत्काल रोक्न र नमिलेका विषयको निरूपण गर्नका लागि १८ औँ बैठक तत्काल बोलाउन माग गरेका छन् ।
निजी मेडिकल तथा डेन्टल कलेजसँगको टकरावपछि आयोगले एक हजार ४९६ सिट सङ्ख्यालाई घटाएर ६७० मा झारेको छ । आयोगले गत १४ चैतबाट घटाइएको सिटमै म्याचिङ प्रक्रिया अघि बढाएको छ । यसअघि आयोगले १७ औँ बैठकले थप गरेको २३१ सहित ५ फागुनमा यो शैक्षिक सत्रका लागि भन्दै एक हजार ४९६ सिट तोकिएको बताएको थियो । सिट बढाइएपछि पढ्न पाउने आशामा २६ माघमा प्रवेश परीक्षा दिई उत्तीर्ण विद्यार्थी आयोगको पछिल्लो निर्णयले स्तब्ध भएको बताउँछन् ।
निजी मेडिकल कलेजको सङ्गठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमानसिंह कार्कीले आयोगको लापरबाहीले गर्दा विद्यार्थीले पिजी अध्ययन गर्न नपाएको बताउनुभयो । उहाँले आयोगले निजी मेडिकल कलेजलाई दिने सिट सङ्ख्या कटौती गरेर म्याचिङ प्रक्रिया सुरु गरेको बताउनुभयो ।
गत १३ मङ्सिरमा आयोगले सिट सङ्ख्या नतोकी एमडिएमएस एमडिएसको प्रवेश परीक्षाका लागि सूचना जारी गरेको थियो । आयोगको यो कदम गलत थियो । पिजीका परीक्षार्थी डा। अभिषेककुमार झाले ८०० भन्दा बढी परीक्षार्थी पढाइबाट वञ्चित हुने अवस्था आएको बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झा निजी मेडिकल कलेजले पिजी अध्ययन नगराउने अडान लिएपछि सिट सङ्ख्या घटाएको तर्क गर्नुहुन्छ ।

निर्वाह भत्ताको लागि संघर्षः निजी मेडिकल कलेजविरुद्ध सडकमा उत्रिए आवासीय चिकित्सक
आइतबार, चैत २४, २०८१
वायु प्रदूषणले स्वास्थ्यमा ल्याएको खतरा: श्वासप्रश्वास र आँखा समस्या बढ्दै
आइतबार, चैत २४, २०८१
काठमाडौँमा वायु प्रदूषण खतरनाक स्तरमाः सबैलाई सावधानी अपनाउन सरकारको अपील
शुक्रबार, चैत २२, २०८१
आहारपुरक बिक्रीमा औषधि व्यवस्था विभागको प्रतिबन्ध त्रुटीपूर्ण रहेको सर्बोच्चको ठहर
शुक्रबार, चैत २२, २०८१