नेपाल हेल्थ न्युज,। भोजपुरको टेम्केमैयुङ गाउँपालिका ५ मझौलेका स्थानीयवासीको स्वास्थ्य सेवामा सुधार आएको छ। अब, उनीहरूले गाउँमै आधारभूत सामुदायिक स्वास्थ्य सेवा प्राप्त गर्न सकिरहेका छन्, जसले उनीहरूको घण्टौँ लामो पैदलयात्रा र अन्य स्थानमा जाने बाध्यता अन्त्य गरेको छ। यसअघि, सामन्य स्वास्थ्य सेवा लिनका लागि उनीहरूलाई तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो।
गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले यस सुधारको महत्वपूर्ण भूमिका निभाउनुभएको छ। उहाँका अनुसार, तत्कालीन खावा गाउँ विकास समितिका ७, ८, र ९ वडाका नागरिकलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवा सुरू गरिएको हो। उपाध्यक्ष राईले बताउनुभयो, जनप्रतिनिधि बन्ने क्रममा गरेको वाचा अनुसार हामीले यो स्वास्थ्य इकाई स्थापना गरेका छौँ, जसले यहाँका नागरिकलाई सहज सेवा प्रदान गरेको छ।
सामान्य रुघाखोकी र स्वास्थ्य समस्याहरूको उपचारका लागि घण्टौँ यात्रा गर्नुपर्ने समस्याबाट मुक्त भएका टेम्केमैयुङ ५ का रमेश विष्ट र देवबहादुर विष्टले नयाँ स्वास्थ्य केन्द्रको महत्त्वपूर्ण योगदानको सराहना गरेका छन्। उनीहरूले भने अब हामी गाउँमै स्वास्थ्य सेवा प्राप्त गर्न सकिरहेका छौँ, जुन हाम्रो पुरानो समस्या थियो । गाउँमै स्वास्थ्य सेवा उपलब्ध भएपछि, स्थानीयवासीहरूलाई अब नजिकैको स्वास्थ्य केन्द्रमा नियमित स्वास्थ्य जाँच र उपचारका लागि सहजता मिलेको छ।

आन्दोलनमा उत्रिए मधेशका १८ सय बढी स्वास्थ्यकर्मी
शुक्रबार, चैत २९, २०८१
दुर्गा प्रसाईंलाई झापाको भद्रपुरबाट आज काठमाडौं ल्याइँदै, बुद्ध एअरमार्फत ट्रान्सफर
शुक्रबार, चैत २९, २०८१
अमेरिकी डायस्पोराले गर्यो स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको प्रशंसा
बिहीबार, चैत २८, २०८१
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ११औं शिखर सम्मेलन काठमाडौंमा सुरु
बिहीबार, चैत २८, २०८१