नेपाल हेल्थ न्युज, काठमाडौँ । विगत २ दशकदेखि नेपालमा औषधि उत्पादनको क्षेत्रमा क्रियाशील एमडिएच फर्मास्युटिकल प्रा.लि.ले देशमै पहिलोपटक ड्राइपाउडर इनहेलर बजारमा ल्याएको छ ।
डिभाइसको माध्यमबाट फोक्सोका बिरामीले तान्ने यो पाउडरले १२ देखि २४ घण्टासम्म काम गर्छ । आयातित औषधिको तुलनामा यो उच्च गुणस्तर र सस्तो रहेको छ । नेपालमा उत्पादित ड्राइपाउडर इनहेलरले छोटो समयमा नै डाक्टर र बिरामीको मन जित्न सफल भएको छ ।
ड्राइपाउडर इनहेलर खरीदका लागि नेपालबाट बर्षेनी २ सय करोड रुपियाँ विदेशिने गरेको अनुमान छ । ड्राइपाउडर इनहेलर औषधिमा मुलुकलाई आत्मनिर्भर गराउन कम्पनिले करिब एक दशकसम्म निरन्तर रिसर्च एण्ड डेभलप्मेन्ट गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
फर्मा अपडेट

हर्मोन सम्बन्धि उत्पादनमा अब्बल छौंः डाक्टर र बिरामी दुवैको विश्वास जितेको छ—अविरल नेपाल
बिहीबार, चैत १४, २०८१ट्रेन्डिङ