नेपाल हेल्थ न्युज, झापा । कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं.–६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो ।
घाइते हुनेमा चार बर्षीया बालिकासहित चार महिला र आठ जना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा आज विहानदेखि रेविजविरुद्धको खोप लगाउन सुरु भएको छ । उहाँले केन्द्रमा रहेको खोपले एक पटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताउनुभयो ।
पालिकाका उपाध्यक्ष नवराज भट्टराईले कुकुर नियन्त्रणका लागि आज विहानैदेखि पालिकाले कृषि र पशु शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरिरहेको बताउनुभयो ।

आन्दोलनमा उत्रिए मधेशका १८ सय बढी स्वास्थ्यकर्मी
शुक्रबार, चैत २९, २०८१
दुर्गा प्रसाईंलाई झापाको भद्रपुरबाट आज काठमाडौं ल्याइँदै, बुद्ध एअरमार्फत ट्रान्सफर
शुक्रबार, चैत २९, २०८१
अमेरिकी डायस्पोराले गर्यो स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको प्रशंसा
बिहीबार, चैत २८, २०८१
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ११औं शिखर सम्मेलन काठमाडौंमा सुरु
बिहीबार, चैत २८, २०८१