नेभिगेशन

फिटनेस टिप्सः यसरी राखौं शरीरलाई स्वस्थ र तन्दुरुस्त

शारीरिक व्यायामले न केवल शरीरलाई फिट राख्छ, तर मानसिक स्वास्थ्यलाई पनि सकारात्मक प्रभाव पार्छ। योग, एरोबिक्स, स्ट्रेचिङ, तथा अन्य गतिविधिहरू नियमित गर्दै शरीरलाई तन्दुरुस्त राख्न सकिन्छ। व्यायामलाई सुरक्षित र प्रभावकारी बनाउन विज्ञको मार्गदर्शन लिने कुरामा कहिल्यै सम्झौता गर्नु हुँदैन।

शारीरिक व्यायामका फाइदाहरू
व्यायामले शरीरलाई स्वस्थ र फिट राख्छ। नियमित योग र व्यायामले मांसपेशी बलियो बनाउँछ, हृदय प्रणाली सुधार गर्छ, तथा प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ। यसले हृदय रोग, टाइप-२ डाइविटिज, मोटोपनजस्ता समस्या टाढा राख्छ। मानसिक स्वास्थ्य सुधार गर्न र तनाव कम गर्न व्यायाम अत्यन्त लाभदायक छ।


स्वास्थ्य र तौल नियन्त्रणका लागि व्यायाम
फिट रहन तथा तौल नियन्त्रण गर्न विभिन्न व्यायाम गर्न सकिन्छ। बिहान दौडने, जिम गर्ने, एरोबिक्स र डान्सिङ विशेष उपयोगी हुन्छ।

एरोबिक्स: फिटनेस र खुसीका लागि
एरोबिक्स एउटा मनोरञ्जनात्मक व्यायाम हो, जसले शरीरलाई फिट राख्छ र बोसो घटाउँछ। बिहानको एक घण्टा एरोबिक्स स्वास्थ्यका लागि लाभदायक हुन्छ।

स्ट्रेचिङको महत्व
स्ट्रेचिङले वर्कआउटको सुरुमा शरीरलाई लचिलो बनाउँछ। यसले वार्मअप गर्न मद्दत गर्दछ जसले मांसपेशीमा दवाब कम हुन्छ। सरल स्ट्रेचिङ प्रक्रियाले व्यायामलाई सहज बनाउँछ।\


पुशअप: छाती र फोक्सो बलियो बनाउने व्यायाम
३०-६० सेकेन्ड पुशअप गर्नाले छाती र फोक्सो बलियो हुन्छ। यो व्यायाम गर्दा शरीरको क्षमता अनुसार ध्यान दिनुपर्छ।


पोस्ट एक्सरसाइज
दौडने वा साइकल चलाउनेजस्ता व्यायामपछि शरीरलाई लचिलो बनाउन केहि मिनेट सामान्य व्यायाम आवश्यक छ।


सावधानी अपनाउनुहोस्
कुनै पनि व्यायाम सुरु गर्नु अघि विज्ञसँग परामर्श गर्नुपर्छ। व्यायामको समय, प्रक्रिया तथा व्यायाम अघि-पछिका गतिविधिबारे स्पष्ट जानकारी लिनुपर्छ।


दौडने तरिकाहरू
दौडनु व्यायामको उत्तम रूप हो। स्वस्थ दौडनका लागि शारीरिक गतिबिधि, सही गति तथा सहज उपकरणको प्रयोग गर्नुपर्छ। दौडने क्रममा स्वासप्रश्वास नियन्त्रण गर्न, नियमित पानी पिउन, तथा प्रोटिनयुक्त खाना सेवन गर्न ध्यान दिनुपर्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मेरो स्वास्थ्य, मेरो सम्पत्ति