नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु गरेको थियो। चैत १८ गतेसम्मको परीक्षणको नतिजामा ४८ महिलामा एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) डीएनए पोजेटिभ देखिएको छ।
महानगरले चैत २५ गतेसम्म ८४६ जना महिलाहरूको नाम दर्ता गरिएको जानकारी दिएको छ। तीमध्ये ६१३ जनाको क्यान्सर परीक्षण भइसकेको छ।
परीक्षण गरिएका महिलामध्ये १४४ जनाको मेमोग्राम गरिएको छ, जसमा वंशानुगत स्तन क्यान्सर भएका, अघिल्लो परीक्षणमा पोजेटिभ देखिएका तर हाल मात्र सम्पर्कमा आएका तथा नयाँ परीक्षणमा थप जाँच आवश्यक देखिएका महिलाहरू समावेश छन्।
परीक्षण गरिएका महिलामध्ये २२ जनामा स्त्री तथा प्रसूति सम्बन्धी समस्या पहिचान भएको छ, र २०८२ वैशाख १२ गतेसम्म प्रारम्भिक उपचार प्रदान गरिनेछ।
महानगरपालिकाले यस अभियानको दोस्रो संस्करण सञ्चालन गरेको हो। पहिलो संस्करण २०८१ वैशाख ३ गते सुरु भई विभिन्न वडाहरूमा महिना भरि सञ्चालन गरिएको थियो।
त्यस बेला ८ हजार १४५ महिलाहरूले क्यान्सर जाँच गराएका थिए, जसमा ६ हजार ६२४ जनाको एचपीभी डीएनए परीक्षण गरिएको थियो। पहिलो संस्करणको परीक्षणमा ४५३ जनामा एचपीभी पोजेटिभ पहिचान भएको महानगरले जानकारी दिएको छ।

आन्दोलनरत चिकित्सकलाई परीक्षामा नसमेट्ने निजी मेडिकल कलेजको चेतावनी
बुधबार, वैशाख ३, २०८२
भारतको निकै चर्चित अस्पताल मेदान्तामा एक एयरहोस्टेसमाथि अस्पतालमै यौन दुर्व्यवहार
बुधबार, वैशाख ३, २०८२
उत्पादन रोकिएपछि बजारमा सिटामोल र जीवनजलको अभाव
बुधबार, वैशाख ३, २०८२
बाँकेमा मोबाइल एप प्रयोग गरेर घर-घरमा स्वास्थ्य विवरण संकलन सुरू
बुधबार, वैशाख ३, २०८२