नेपाल हेल्थ न्युज काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आर्थिक बर्ष २०७७, ७८ र आ.ब. २०७८, ७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट रु ७९ दशमलव एक कायम गरी ठेक्का गरिएको थियो । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध रु ५१ लाख ९९ हजार एक सय २० बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

औषधी खरिद रोकिएपछि मन्त्रालयको स्पष्टिकरण
बिहीबार, वैशाख ४, २०८२
पाँच तले भवन अलपत्र, २१ करोडको योजना अधुरै
बिहीबार, वैशाख ४, २०८२
वर्षा रोकिएपछि फेरि बढ्न सक्छ प्रदूषण, विशेषज्ञको चेतावनी
बिहीबार, वैशाख ४, २०८२
देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै, १९ लाखलाई जुकाको औषधि र बालभिटा
बिहीबार, वैशाख ४, २०८२
बरहथवाका ११ निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा, तत्काल बन्द गर्न आदेश
बिहीबार, वैशाख ४, २०८२ट्रेन्डिङ