पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) महिलाको अण्डाशयसँग सम्बन्धित एउटा गम्भीर रोग हो र अहिले विश्वभर यसबाट पीडित महिलाको संख्या तिब्र गतिमा बढिरहेको छ । यो समस्यालाई पोलिसिस्टिक ओभरी डिजिज (पीसीओडी) पनि भनिन्छ । कतिपय महिलाहरू पीसीओएस र पीसीओडी दुवै नामको बारेमा भ्रममा पर्छन् । यो एउटै हो । कुनै पनि स्वास्थ्य सम्बन्धी समस्याका धेरै लक्षणहरू एकैसाथ देखा पर्न थाल्दा त्यसलाई सिन्ड्रोम भनिन्छ । त्यसैले पीसीओडी र र पीसीओडीमा कुनै भिन्नता छैन । पीसीओएसका कारण महिलाको शरीरमा हर्मोनल सन्तुलन बिग्रन्छ जसले गर्दा गर्भधारण गर्न गाह्रो हुन्छ । पीसीओएस एक दीर्घकालीन अवस्था हो र यो निको हुन सक्दैन । यद्यपि जीवनशैली परिवर्तन, औषधि र प्रजनन उपचारहरू मार्फत केही सुधार गर्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) बाट प्रजनन उमेरका करिब ८ देखि १३ प्रतिशत महिलाहरु प्रभावित भएका छन् । विश्वमा पीसीओएस प्रभावित ७० प्रतिशत महिलाहरूको निदान हुन सकेको छैन । पीसीओएस दीर्घकालीन विभिन्न स्वास्थ्य समस्याहरूसँग जोडिएकाले शारीरिक र भावनात्मक स्वास्थ्यलाई असर गर्छ । पीसीओएस धेरैलाई हुने एक हार्मोनल समस्या हो । यसले प्रजनन उमेरका महिलाहरूलाई असर गर्छ । सामान्यतया यो किशोरावस्थाको समयमा सुरु हुन्छ । तर समयअनुसार लक्षणहरुमा उतार–चढ़ाव आउनसक्छ ।
पीसीओएसमा हार्मोनल असन्तुलन, अनियमित महिनावारी, अत्यधिक एण्ड्रोजन (पुरुष हर्मोन) को स्तर बढ्नसक्छ । साथै अण्डाशयमा सिस्टहरू गराउन सक्छ । अनियमित महिनावारी र ओभुलेसनको कमीका कारण गर्भवती हुन मुश्किल पर्नसक्छ । अतः पीसीओएस निःसन्तानको प्रमुख कारण हो ।
हालसम्म पीसीओएसको सही कारणहरू थाहा हुन सकेको छैन र यस विषयमा विश्वभर निरन्तर अनुसन्धान भइरहेको छ । केही अनुसन्धानले देखाएको छ कि पीसीओएसको समस्या आनुवंशिक पनि हो । जसको मतलब तपाईको परिवारमा कोही पहिले नै पीसीओएसबाट पीडित छ भने यो समस्या हुने सम्भावना धेरै बढ्छ । यो पनि पाइएको छ कि मधुमेह सँगै, यदि महिलाको महिनावारीमा पनि अनियमितता छ भने त्यस्ता महिलाहरूमा पीसीओएस हुने सम्भावना पनि बढ्छ । यस लेखमा हामी तपाईलाई पोलिसिस्टिक ओभरी सिन्ड्रोमको लक्षण, कारण र उपचारको बारेमा विस्तृत रूपमा बताइरहेका छौं ।
पीसीओएस भनेको के हो ?
यो अण्डाशयसँग सम्बन्धित समस्या हो जसका कारण महिलाको शरीरमा हर्मोनल असंतुलन हुनथाल्छ । यस्तो अवस्थामा महिलाको शरीरमा महिला हर्मोनको सट्टा पुरुष हर्मोन (एन्ड्रोजन) को स्तर बढी हुन थाल्छ । पीसीओएसका कारण अण्डाशयमा धेरै सिस्टहरू बन्न थाल्छन् । यी सिस्टहरू सानो थैलीको आकारमा हुन्छन् र तरल पदार्थले भरिएका हुन्छन् । बिस्तारै यी सिस्टहरू ठूला हुन थाल्छन् र त्यसपछि तिनीहरूले अण्डाशयको प्रक्रियामा बाधा पुर्याउँछन् । पीसीओएसबाट पीडित महिलाहरूमा ओभ्युलेसन प्रक्रिया नहुँदा गर्भधारण हुने सम्भावना कम हुन्छ । पीसीओएस भएका महिलालाई टाइप–२ मधुमेह हुने सम्भावना पनि बढ्छ । पीसीओएसको उपचार पूर्णतया सम्भव नभए पनि जीवनशैली र खानपानमा प्रभावकारी परिवर्तन गरी उचित उपचारको सहयोगले पीसीओएसको लक्षण धेरै हदसम्म कम गर्न सकिन्छ । पीसीओएसबाट पीडित महिलाहरू कहिल्यै आमा बन्न सक्दैनन् भन्ने आवश्यक छैन । बरु, यो रोग र उपचारको गम्भीरतामा निर्भर गर्दछ । उचित उपचार र जीवनशैलीमा आवश्यक परिवर्तन भएमा यसबाट पीडित महिलाहरू पनि गर्भवती हुनसक्छन् ।
लक्षण
धेरैजसो महिलालाई गर्भावस्थाको जाँच नभएसम्म पीसीओएस रोगबारे थाहा हुँदैन । समयमै पत्ता नलाग्दा यो समस्या बढ्दै गएको छ । यद्यपि, तपाईं यसलाई प्रारम्भिक लक्षणहरू द्वारा पहिचान गर्न सक्नुहुन्छ ।
अनियमित महिनावारी
पीसीओएसले तपाईंको महिनावारीलाई सबैभन्दा बढी असर गर्छ र यसै कारणले गर्दा महिनावारी चक्रमा बाधा पुग्छ वा धेरै अवस्थामा समयमै महिनावारी हुँदैन । तसर्थ, तपाईंले आफ्नो महिनावारीको मिति होसियारीपूर्वक नोट गर्नुहोस् र यदि तपाईंको महिनावारी समयमा आउँदैन भने डाक्टरकोमा जानुहोस् र आफूलाई जाँच गराउनुहोस् ।
अत्यधिक रक्तस्राव
पीसीओएसबाट पीडित महिलाहरूलाई महिनावारीको समयमा सामान्य भन्दा बढी रक्तस्राव हुन्छ ।
नचाहिने कपाल बढ्नु
पीसीओएसबाट पीडित अधिकांश महिलाहरूको पुरुषजस्तै अनुहार र शरीरमा कपाल बढ्न थाल्छ । विशेषगरी छाती, पेट र ढाडमा बढी कपाल देखिने गर्छ ।
डण्डिफोर
पीसीओएस रोगबाट पीडित हुँदा महिलाको शरीरमा पुरुष हर्मोनको स्तर बढ्छ र यी पुरुष हर्मोनहरूले छालालाई अधिक तैलीय बनाउँछ जसको कारण अनुहार वा छातीमा डण्डिफोर देखा पर्न थाल्छ । यदि पिम्पल बारम्बार देखा परिरहेको छ भने यो पीसीओएसको कारण हुन सक्छ, त्यसैले डाक्टरकोमा जानुहोस् र आफ्नो जाँच गराउनुहोस् ।
तौल बढ्नु
पीसीओएसबाट पीडित हुँदा महिलाको तौल पनि बढ्न थाल्छ र यदि सही ढंगले हेरचाह गरिएन भने मोटोपनको सिकार भइनसक्छ । त्यसैले बढ्दो तौललाई बेवास्ता नगर्नुहोस् । बरु चिकित्सककहाँ गएर यसको वास्तविक कारण पत्ता लगाउनुहोस् ।
टाउको दुख्ने
हर्मोनल असन्तुलनका कारण पनि केही महिलालाई टाउको दुख्ने समस्या हुनसक्छ ।
व्यवहारमा परिवर्तन
पीसीओएसबाट पीडित महिलाहरूमा पुरुष हर्मोनको मात्रा बढेपछि यसको प्रभाव उनीहरूको व्यवहारमा पनि देखिन थाल्छ र उनीहरू पहिलेभन्दा बढी चिडचिडा र क्रोधित हुन्छन् ।
अनिद्रा
राम्ररी निद्रा नलाग्नु पनि पोलिसिस्टिक ओभरी सिन्ड्रोमको लक्षण हो । यस्तो अवस्थामा उठ्दा पनि थकान महसुस हुन्छ । यद्यपी यी समस्याहरू स्लीप एपनिया जस्ता रोगको लक्षण पनि हुन सक्छन्, तर यदि तपाईंलाई यस्तो केही महसुस भइरहेको छ भने अवश्य स्वास्थ्य जाँच गराउनुहोस् ।
यदि तपाईमा माथि उल्लेख गरिएका धेरै लक्षणहरू छन् भने ढिलो नगरी ई डाक्टरबाट राम्रोसँग जाँच गर्नुहोस् र वास्तविक कारणहरू पत्ता लगाउनुहोस् ।
पीसीओएसबाट बच्ने उपाय
यद्यपि यो समस्यालाई पूर्ण रूपमा निको पार्न गाह्रो छ । तैपनि तपाईंले केही कुराहरूलाई ध्यानमा राखेर पीसीओएसबाट आफूलाई बचाउन सक्नुहुन्छ । विशेषगरी तपाईंले आफ्नो जीवनशैलीमा धेरै परिवर्तन ल्याउनु पर्नेछ । पीसीओएसबाट बच्न के गर्ने भनेर चिकित्सकलाई थाहा दिनुहोस् ।
तौल घटाउनुहोस्
यदि तपाइँको तौल र बडी मास इन्डेक्स दुबै सामान्य भन्दा बढी छ भने यसलाई सामान्य समस्याको रूपमा बेवास्ता नगर्नुहोस् । बरु जतिसक्दो चाँडो तौल घटाउने प्रयास गर्नुहोस् । ५ देखि १०% सम्म शरीरको तौल घटाउनुले मासिक धर्म चक्र नियमित गर्न मद्दत गर्दछ र पीसीओएसको लक्षणहरूमा पनि सुधार गर्दछ ।
व्यायाम
पीसीओएस भएमा शरीरको तौल द्रुत गतिमा बढ्न थाल्छ र यसको साथसाथै इन्सुलिनको स्तर पनि बढ्छ । यस्तो अवस्थामा हरेक दिन बिहान र बेलुका व्यायाम गर्नु अति आवश्यक छ । अन्यथा तपाईको समस्या झनै बढ्नेछ । नियमित व्यायामले तौल नियन्त्रण गर्छ र तौल घटाउन पनि इन्सुलिन नियन्त्रण गर्न मद्दत गर्छ । त्यसैले दैनिक व्यायाम गर्नुहोस् ।
आहारमा परिवर्तन गर्नुहोस्
केही अनुसन्धानले पत्ता लगाएको छ कि कम कार्बोहाइड्रेट खाना खाँदा वजन र इन्सुलिन दुवै घटाउन मद्दत गर्दछ । तसर्थ, आफ्नो आहारमा फलफूल, हरियो सागसब्जी र सम्पूर्ण अन्न जस्ता कम ग्लाइसेमिक इन्डेक्स वस्तुहरू प्रयोग गर्नुहोस् । यी चीजहरूले महिनावारी नियमित गर्न थप मद्दत गर्दछ ।
पोलिसिस्टिक ओभरी सिन्ड्रोमका लक्षणहरू कम गर्न एक्लै व्यायामले मात्र पुग्दैन, तर व्यायामसँगै पौष्टिक आहार लिनु धेरै महत्वपूर्ण छ । राम्रो आहारको साथसाथै व्यायामले छिट्टै तौल घटाउन मद्दत गर्छ र मधुमेह र मुटुसँग सम्बन्धित रोगहरूको जोखिम पनि कम गर्छ ।
पीसीओएसको उपचार
सत्य के हो भने यो रोग पूर्ण रूपमा निको हुन सक्दैन । तर केही उपचारको मद्दतले यसका लक्षणहरूलाई धेरै हदसम्म निको पार्न सकिन्छ । पीसीओएसको कारण, हार्मोनहरू सबैभन्दा बढी प्रभावित हुन्छन्, त्यसैले डाक्टरहरूले सामान्यतया पीसीओएसबाट पीडित महिलाहरूलाई गर्भनिरोधक चक्कीहरू खान सल्लाह दिन्छन् ताकि गडबड हार्मोनल चक्र सुधार गर्न सकियोस् । यसबाहेक अनावश्यक कपालबाट छुटकारा पाउन केही यस्ता उपचार गरिन्छ जसले कपाल बढ्नबाट रोक्न सक्छ ।
जीवनशैली सुधार गर्दा गर्भाधान हुनसक्ने सम्भावना
तीनजना निःसन्तान मध्ये १ जनालाई पोलिसिस्टिक ओभरियन सिन्ड्रम हुनसक्छ । पोली भनेको धेरै हो अर्थात् अण्डाशयमा धेरै शिष्ट हुनुलाई पोलिसिस्टिक ओभरियन सिन्ड्रोम भनिन्छ । यहाँ १०–१२ मिलिमिटरका स—साना शिष्ट हुन्छन् । हरेक महिना ८–१० वटा अण्डा बन्न तयार हुन्छन् । तर यी अण्डामध्ये एउटा मात्र ठूलो हुँदै जान्छ । अरु अण्डा सुक्छन् । एउटा अण्डा मात्र ठूलो हुने समस्यालाई डोमिनन फोलिकोल भनिन्छ । यसबाट फूटेर सानो अण्डा निस्कन्छ । यो सामान्य हो । पोलिसिस्टिक ओभरियन सिन्ड्रोममा ८–१० वटा अण्डा तयार हुन्छन् । तर हर्मोनको गडबडीले कुनैपनि ठूलो हुन पाउँदैनन् र यी अण्डा सुक्दा पनि सुक्दैनन् । शिष्ट जस्तो भएर बस्छन् । अर्को महिना फेरि चक्र दोहोरिन्छ । यसले गर्दा शिष्टै शिष्ट हुन्छ । अण्डा बन्न सक्दैन र बच्चा बस्न पनि सक्दैन । यसरी समयमा अण्डा नबनेपछि निः सन्तानको समस्या हुन्छ ।
शरीरमा केटा मानिसमा पाइने टेस्टेस्टोरोन हर्मोन बढी हुने, ल्युटिनाइजिङ (एलएच) हर्मोन बढी हुने, एफएसएच (फोलिकल स्टिमुलेटिङ हर्मोन) बढी हुने गर्छ । यसरी हर्मोनको गडबढीले गर्दा पोलिसिस्टिक ओभरिज सिन्ड्रोम भएका महिलाहरुमा मधुमेह, भविष्यमा मुटु रोग, पाठेघरको क्यान्सर जस्ता समस्या हुनसक्छ । त्यसैले यसलाई मेटावोलिक डिसअर्डर पनि भनिन्छ ।
मोटोपनाले इस्ट्रोजन हर्मोनमा परिवर्तन हुन्छ । यसले अण्डा नबन्ने, अण्डाकोषको भित्ता बाक्लो भएर अण्डा फुट्न नसक्ने आदि हुनसक्छ । इन्सुलिन हर्मोन सेन्सेटिभ नहुँदा खाएको कार्वोहाइड्रेट इनर्जीमा परिवर्तन हुन सक्दैन ।
पोलिसिस्टिक ओभरियन सिन्ड्रोमले मोटोपन गराउँछ । अल्ट्रासाउण्ड गर्दा शिष्ट मोतिको माला जस्तो देखिन्छ । रगतको जाँच गर्दा हाइपरएनड्रोजीन अर्थात् एन्ड्रोजन हर्मोनहरु (टेस्टेस्टेरोन हर्मोन, एलएसएच) बढी देखिन्छ । अल्ट्रासाउण्ड र हर्मोन दुवैलाई मिलाएर हेरेपछि पोलिसिस्टिक ओभरिज पत्ता लाग्छ । जीनशैलीली कस्तो हुनुपर्छ ? भन्ने प्रश्न पनि आउन सक्छ । त्यसैले यसबाट छुटकारा पाउन जीवनशैलीमा सुधार ल्याउनुपर्छ । स्वस्थ खाना खाने, जंक फूड नखाने, शारीरिक अभ्यास गर्नुपर्छ । कार्वोहाइड्रेट कम खाने । कतिपय अवस्थामा औषधि सेवन गर्नुपर्छ । मोटो मानिसले आफ्नो तौलको करिब ५ प्रतिशतसम्म मोटोपन घटाएमा पनि अण्डा बन्न थाल्छ । यसले गर्भाधान हुने सम्भावना बढ्छ ।

बाथरोगबाट महिलाहरू बढी पीडित
सोमबार, चैत २५, २०८१
आइभिएफका नाममा व्यापार कि उपचार ?
शुक्रबार, चैत १५, २०८१