नेभिगेशन

शरीरको तौल घटाउने यात्रा सहज बनाउन अपनाउनुहोस् यी ५ तरिका

creators ivf nepal

नेपाल हेल्थ न्युज, काठमाडौँ ।  तौल घटाउन चाहने व्यक्तिहरू कहिलेकाहीँ गलत तरिका अपनाउँदा निराश हुने गर्छन्। धेरैजसो मानिसहरू तौल घटाउन कडा डायटिङ वा अत्यधिक व्यायामको सहारा लिन्छन्, तर यो तरिका सधैं प्रभावकारी नहुन सक्छ ।  यदि तपाईं आफ्नो तौल घटाउने यात्रा सजिलो र प्रभावकारी बनाउन चाहनुहुन्छ भने यो लेख तपाईंका लागि उपयोगी हुनसक्छ। 

माइन्डफुल इटिङ
माइन्डफुल इटिङ भन्नाले खानेकुरामा पूर्ण ध्यान केन्द्रित गर्नु हो। धेरैजसो मानिसहरू टिभी हेर्दै, मोबाइल चलाउँदै वा हतारमा खाना खाने गर्छन् ।  जसले गर्दा आवश्यकताभन्दा धेरै खाना खाईन्छ । माइन्डफुल इटिङमा बिस्तारै खाना खाने, प्रत्येक गाँसलाई राम्ररी चपाउने र शरीरले दिएको संकेतहरूलाई बुझ्न जोड दिइन्छ।

अनुसन्धान अनुसार माइन्डफुल इटिङ अपनाउने व्यक्ति अतिरिक्त क्यालोरीबाट बच्न सक्छन् र अधिक सन्तुष्टि अनुभव गर्छन्, जसले ओभरइटिङको सम्भावना कम गर्दछ ।

mindful-eating-tips-FTR-1744368033.jpg

प्रोटिनयुक्त खाना 

भरपूर प्रोटिनयुक्त आहारले तौल घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ। यसले भोक नियन्त्रण गर्छ । मांसपेशीको वृद्धि  र क्यालोरी वर्न प्रक्रियालाई तीव्र बनाउँछ। आफ्नो आहारमा अन्डा, दाल, नट्स र पालुङ्गो जस्ता प्रोटिनयुक्त खाद्य पदार्थलाई समावेश गर्न सकिन्छ ।

पोर्शन नियन्त्रण 
खानाको मात्रा नियन्त्रण तौल घटाउने प्रभावकारी उपाय हो । ठूलो प्लेटमा धेरै खाना लिनुको सट्टा सानो प्लेटको प्रयोग गर्न सकिन्छ । खाना मापन गरेर खाँदा या आवश्यकताभन्दा बढी नखाँदा शरीरमा आवश्यक पोषण पुग्नुका साथै अतिरिक्त क्यालोरीबाट बच्न सकिन्छ । सही मात्रामा खाना खाँदा तौल घट्नुका साथै मेटाबोलिज्म पनि सुधार हुन्छ।

fitt-1744103984.jpg
 

स्ट्रेन्थ ट्रेनिङ
तौल कम गर्न कार्डियो व्यायामसँगै स्ट्रेन्थ ट्रेनिङको पनि आवश्यकता पर्दछ । यसले मांपेशीलाई बलियो बनाउनुका साथै शरीरको बोसो वर्न हुँने प्रक्रियालाई पनि तीव्र बनाउँछ।

स्क्वाट्स, डेडलिफ्ट्स र पुशअप्सजस्ता व्यायामहरूले क्यालोरी वर्न गर्न मद्दत गर्छन्। साथै, स्ट्रेन्थ ट्रेनिङले मेटाबोलिज्मलाई लामो समयसम्म सक्रिय राख्छ  र शरीरले बढी क्यालोरी खर्च गर्छ।

पर्याप्त निन्द्रा 
तौल नियन्त्रण गर्न पर्याप्त निन्द्रा र तनाव कम गर्नु पर्दछ  ।  निन्द्राको कमीले ईट‍िंग ड‍िसअर्डर र  तनावले कोर्टिसोल हर्मोनको स्तर बढ्न सक्छ, जसले पेटमा बोसो जम्न सक्छ।  त्यसैले कम्तिमा ७-८ घण्टा गहिरो निन्द्रा लिनुपर्दछ । साथै तनाव नियन्त्रण गर्नुपर्दछ ।

(पोषणविद् नेहा सिन्हा लखनऊको विकास नगरस्थित न्यूट्रिवाइज क्लिनिकमा कार्यरत हुनुहुन्छ । )


 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मेरो स्वास्थ्य, मेरो सम्पत्ति