नेभिगेशन

२० वर्षपछि सन्तानको मुख देख्न पाउँदा... संघर्ष, आशा अनि सफलता !!!

उहाँहरु हुनुहुन्छ पोख्रेल दम्पती । विवाह भएको २० वर्षपछि सन्तानको मुख देख्न पाउँदा अहिले यो दम्पती निकै खुशी छ । २०६० सालमा बिवाह भएको थियो ।  अनेकौं संघर्ष, आशा अनि सपना पालेर साबित्री घिमिरेले ४१ वर्षको उमेरमा आईभिएफ (इन भिट्रो फर्टिलाइजेशन) को माध्यमबाट छोरालाई जन्म दिन सफल हुनुभयो । जब साबित्रीले छोरा पहिलो पटक आफ्नो हातमा उठाउनुभयो, त्यो क्षण एक सपनाको जस्तो थियो । छोराको हर्षित मुस्कानले उहाँलाई जीवनका सबै कठिनाईहरूमा विजय दिलायो ।