नेपाल हेल्थ न्युज, काठमाडौं। देशका चार मेडिकल प्रतिष्ठानमा रिक्त रहेकाउपकुलपति पदको जिम्मेवारी अस्थायी रूपमा रेक्टर र डिनहरूलाई दिइएको छ। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले वैशाख ४ गते उहाँहरूलाई सो जिम्मेवारी दिनुभएको हो ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा.सञ्जीव शर्मा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. पवन शर्मा, र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा.डबलबहादुर धामीलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेक्टर नभएकाले डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठले यो जिम्मेवारी दिइएको छ ।
उहाँहरूले आइतबार नियुक्तिको पत्र पाउनुभएको छ । पत्रमा उपकुलपति नियुक्त नभएसम्म शैक्षिक, प्रशासनिक र आर्थिक कामहरू सञ्चालन गर्न अस्थायी उपकुलपतिको जिम्मेवारी दिइएको उल्लेख छ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

औषधि लिमिटेडबाट सिटामोल र जीवनजल खरिद प्रक्रिया सुरु
बुधबार, वैशाख ३१, २०८२
भरतपुर अस्पताल र नेपाल औषधि लिमिटेडबीच औषधि आपूर्तिसम्बन्धी सम्झौता
बुधबार, वैशाख ३१, २०८२
गाजाको अस्पतालमा इजरायली आक्रमण, ६ बम खसालिँदा २८ को मृत्यु दर्जनौँ घाइते
बुधबार, वैशाख ३१, २०८२
वीर अस्पतालको सेवा सुधारका लागि कार्यदल गठन
बुधबार, वैशाख ३१, २०८२ट्रेन्डिङ