नेपाल हेल्थ न्युज, काठमाडौं । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा.संजिव कुमार शर्माले पाउनुभएको छ । शर्मालाई प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीको निर्णयअनुसार आइतबार निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अन्जु प्रधानले जानकारी दिनुभयो ।
प्रतिष्ठानको शिक्षाध्यक्ष रहनुभएको शर्मालाई नयाँ उपकुलपति सिफासिर भई नियुक्ति नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ ।
यसअघिको उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकाल गत चैत २६ गते सक्किएको थियो । शर्माले यसअघि पनि यस प्रतिष्ठान निमित्त उपकुलपतिको जिम्मेवारी पाउनुभएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

औषधि लिमिटेडबाट सिटामोल र जीवनजल खरिद प्रक्रिया सुरु
बुधबार, वैशाख ३१, २०८२
भरतपुर अस्पताल र नेपाल औषधि लिमिटेडबीच औषधि आपूर्तिसम्बन्धी सम्झौता
बुधबार, वैशाख ३१, २०८२
गाजाको अस्पतालमा इजरायली आक्रमण, ६ बम खसालिँदा २८ को मृत्यु दर्जनौँ घाइते
बुधबार, वैशाख ३१, २०८२
वीर अस्पतालको सेवा सुधारका लागि कार्यदल गठन
बुधबार, वैशाख ३१, २०८२ट्रेन्डिङ