नेमाल हेल्थ न्युज, काठमाडौं – बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरू भएको छ । अस्पतालका प्रमुख तथा मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण थालिएको जानकारी दिनुभयो ।
आज दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ । मिर्गौला प्रत्यारोपणका लागि शहीद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा। पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टोली नेपालगञ्ज पुगेको हो ।
अस्पतालले सेवा शुरू गरेसँगै अब मिर्गौला प्रत्यारोपण गर्न बिरामी अन्त जानुपर्ने बाध्यता नहुने डा. सुवेदीले बताउनुभयो । भेरी अस्पतालमा अहिले दैनिक २० देखि २५ जना मिर्गौलाका बिरामीले डायलासिस गर्दै आएका छन् ।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण अस्पतालको महत्त्वपूर्ण उपलब्धि रहेको र बिरामीका लागि उपचारको आश जगाउने काम भएको बताउनुभयो ।

संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२
कर्णाली स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिमा डा. धामीको नियुक्ति
सोमबार, वैशाख ८, २०८२