नेपाल हेल्थ न्युज, सुनसरी । सूनसरिको दुहबी नगरपालिकामा महिलामा हुने विभिन्न प्रकारका क्यान्सर तथा प्रजनन सम्बन्धी स्वास्थ्य समस्याको पहिचान र उपचारको उद्देश्यले एकीकृत स्वास्थ्य शिविर सुरु गरिएको छ।
नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा र करुणा फाउन्डेसन नेपालको सहकार्यमा आयोजित यो शिविर बुधबारदेखि दुहबी–४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रबाट आरम्भ गरिएको हो।
स्वास्थ्य शाखाका नर्सिङ फोकल पर्सन पिंकी भगतका अनुसार, शिविर विभिन्न वडामा रहेका स्वास्थ्य केन्द्रहरूमार्फत सञ्चालन हुनेछ।
शिविरमा महिलामा देखिने आङ झर्ने समस्या, स्तन क्यान्सर, पाठेघर मुखको क्यान्सर, अबस्ट्रेटिक फिस्टुला र बाँझोपनजस्ता स्वास्थ्य अवस्थाको परीक्षण, उपचार तथा आवश्यक परेमा रिफरलसमेत गरिनेछ।
दुहबी नगर उप–प्रमुख मेनुका पोखरेल खतिवडाका अनुसार, महिलाहरुमा यस्ता रोगको समयमै पहिचान र व्यवस्थापन गर्न सकिने उद्देश्यले शिविर सञ्चालनमा ल्याइएको हो।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका स्त्रीरोग विशेषज्ञ डा. सूर्य प्रसाद रिमालका अनुसार, पाठेघर मुखको क्यान्सर सुरुवाती चरणमै पत्ता लागेमा यसको उपचार पूर्णरूपमा सम्भव हुने बताउनुभयो ।

अमेरिकाको निर्णयले डब्लुएचओ संकटमा, नेतृत्व र बजेट दुबैमा ठूला कटौती
बिहीबार, जेठ १, २०८२
४३ करोडभन्दा बढीका स्वास्थ्य उपकरण प्रयोगमा नआउँदा राज्यको स्रोत खेर
बिहीबार, जेठ १, २०८२
पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, जेठ १, २०८२
स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायमा १ अर्ब ७० करोड रुपैयाँभन्दा बढी बेरुजु
बिहीबार, जेठ १, २०८२