नेपाल हेल्थ न्युज, काठमाडौं, अमेरिकामा चिकित्सकको रुपमा कार्यरत नेपाली मूलकी डा. रिया बोहराले सन् २०२५ मा आयोजित American College of Physicians (ACP) को बहुचर्चित Doctor’s Dilemma प्रतिस्पर्धामा ऐतिहासिक सफलता हासिल गर्नुभएको छ। उनले आफ्नो तीन सदस्यीय टोलीका साथ Osler Cup Award 2025 जित्दै यो प्रतिष्ठित उपाधि जित्ने पहिलो नेपाली बन्ने कीर्तिमान कायम गरेकी गर्नुभएको हो।
यो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता यस वर्ष लुइजियाना राज्यको न्यू अर्लेन्स शहरमा आयोजना गरिएको थियो। प्रतियोगितामा अमेरिका, भारत, जापान, क्यानडा, मेक्सिको लगायत विभिन्न देशका ६० उत्कृष्ट Internal Medicine रेसिडेन्ट टोलीहरूबीच तीन दिनसम्म कडा प्रतिस्पर्धा भएको थियो। सहभागीहरूले क्लिनिकल सोच, चिकित्सकीय निर्णय क्षमता तथा मेडिकल ज्ञानमा आधारित कठिन चुनौतीहरू पार गर्दै आफूलाई प्रमाणित गर्नुपरेको थियो।
डा. बोहरा American College of Massachusetts chapter र Saint Vincent Hospital को प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा सहभागी हुनुभएको थियो। उहाँको सहभागी टोलीको उत्कृष्ट प्रदर्शनले संस्थालाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाएको छ र विश्वभरका प्रमुख क्लिनिकल शिक्षा संस्थाहरूमध्ये एकका रूपमा चिनाएको छ।

स्टाइपेन नपाएपछि आवासीय चिकित्सकको आन्दोलन जारी, मेडिकल कलेजको अटेर
बुधबार, वैशाख २४, २०८२
काठमाडौँबाहिर स्वास्थ्यकर्मी टिकाउन चुनौतीपूर्णः मन्त्री पौडेल
मंगलबार, वैशाख २३, २०८२
न्याम्सको २३औं स्थापना दिवस: ३६ सय विशेषज्ञ उत्पादन
मंगलबार, वैशाख २३, २०८२
पूर्व शिक्षामन्त्री नेपालको निधन
मंगलबार, वैशाख २३, २०८२