नेपाल हेल्थ न्युज, काठमाडौं । आवासीय चिकित्सकहरूले आफूहरूलाई निरन्तर बेवास्ता गरिएको भन्दै आजदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन्।
नेपाल चिकित्सक संघले समेत विज्ञप्ति निकालेर चिकित्सकहरूलाई अत्यावश्यक सेवा जस्तै आकस्मिक र सघन उपचारबाहेक अन्य सबै स्वास्थ्य सेवा बहिष्कार गर्न अपील गरेको छ।
चिकित्सकहरूका अनुसार उनीहरूले अझैसम्म पनि निर्वाह भत्ता नपाएको र आन्दोलनको क्रममा विभिन्न स्थानबाट धम्की समेत आइरहेकोले आफ्नो अधिकारका लागि सडकमा उत्रिनु परेको हो।
काठमाडौं उपत्यकाका चिकित्सकहरू आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भई स्वास्थ्य मन्त्रालयतर्फ प्रदर्शन गर्दै जाने तयारीमा छन्। उपत्यका बाहिर रहेका चिकित्सकहरूलाई भने आफ्ना जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिन संघले निर्देशन दिएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

१५ दिनभित्र डेंगु संक्रमणको जोखिम ; सतर्क रहन चिकित्सकको आग्रह
शनिबार, वैशाख २७, २०८२
सिरहाको अस्पतालमा सुत्केरीको मृत्यु, परिवारले देखायो आक्रोश
शनिबार, वैशाख २७, २०८२
बाजुरामा कुपोषणको चपेटामा बालबालिका: दुई महिनाकी शिशुको मृत्यु
शनिबार, वैशाख २७, २०८२
बजेट संकटले खोप र भिटामिन कार्यक्रम प्रभावित हुने सम्भावना
शनिबार, वैशाख २७, २०८२
स्वास्थ्य बिमा नवीकरण अब मोबाइलमैः अनलाइन सेवा लागू
शनिबार, वैशाख २७, २०८२ट्रेन्डिङ