Logo
|
Wednesday 24th April 2024
Logo

epaper

ओमले ल्यायो एलर्जीको नयाा औषधि



oplओम फर्मास्युटिकल्स प्रा.लि.ले एलर्जी उपचारका “वेल फेक्स (Welfex-120 and 180 Tablet र झोल (Suspension)” बजारमा ल्याएको छ । यो कम्पनिको पछिल्लो उत्पादन हो । यसको जैविक नाम Fexofenadine HCL हो । प्रायःमानिसहरुमा मौसम परिवर्तनसागै एलर्जीका कारण देखिने छालाको समस्या तथा आाखा रसाउने समस्याका लागि उपयोगी भएको कम्पनिले जनाएको छ । चिकित्सकको सिफारिसमा लिन सकिने यो औषधिको सेवनले व्यक्तिलाई झुम्म नपार्ने, मुटुमा असर नगर्ने र उच्च गुणस्तरीय भएको कम्पनिका प्रबन्ध निर्देशक सुदर्शन खेंगुलीले बताउनुभयो । करिब ५ वर्षअघि स्थापना भएको कम्पनिले केही समयअघि विश्व स्वास्थ्य संगठन कुशल अभ्यास प्रक्रियाको प्रमाणपत्र प्राप्त गरिसकेको छ । हाल कम्पनिले मोटोपन घटाउने, हर्मोनल इन्जाइम, एन्टिअक्सिडेन्ट इन्जाइम, प्रोस्टेट एवं कलेजोसम्बन्धि गरी करिब ४० थरिका औषधि उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्