Logo
|
Saturday 20th April 2024
Logo

epaper

उमेर अनुसार यसरी लिन सकिन्छ यौनको मजा 

सबै उमेरमा सेक्सलाइफलाई सक्रिय बनाइ राख्ने विभिन्न तरिका बुझ्न जरुरी



सक्रिय यौनजीवन (एक्टिभ सेक्स लाइफ) स्वस्थ वैवाहिक जीवनको पहिलो शर्त हो । यसैले आफ्नो सम्बन्ध बलियो बनाउन उमेरको हरेक समयमा आफ्नो यौनजीवन (सेक्स लाइफ) लाई रिचार्ज गर्दै रहनुपर्छ ।
व्यक्तिको उमेरसँगै भौतिक आवश्यकताका साथ शारीरिक सम्बन्धको पनि जरुरत बढ्दछ र विभिन्न कारणले यो आफैं बदलिन्छ । उमेरसँगै यौनजीवनको ग्राफ बढ्छ । अतःसबै उमेरमा सेक्सलाइफलाई सक्रिय बनाइ राख्ने विभिन्न तरिका बुझ्न जरुरी छ ।

उमेर २० वर्ष
हेल्दी सेक्सलाइफको दृष्टिले २० देखि ३० वर्षको उमेर सेक्सका लागि उत्तम हुन्छ । यस उमेरमा सेक्स हर्मोन्सको विकास धेरै हुन्छ । सेक्स चाहना पनि छिट्टै जागृत हुन्छ । यो बेला पुरुष पार्टनरलाई मात्र नभई स्त्री पार्टनरलाई पनि सेक्सको उत्तिकै जरुरत पर्छ ।

यो उमेरमा के हुन्छ ?
यस उमेरमा आफ्नो सेक्स चाहना तृप्त गर्न अधिकांश जोडी पोर्नोग्राफीको सहारा लिन्छन् । केही जोडी पोर्नोग्राफीबाट प्रभावित भएर आफ्नो पार्टनरसँग पनि त्यस्तै सेक्सको अपेक्षा राख्छन् । तर यो पूरा नहुँदा उनीहरुबीच मनमुटावको स्थिति पैदा हुन्छ । यस उमेरमा दुवै पार्टनर एक अर्कालाई सन्तुष्ट कसरी पार्ने ? जस्ता प्रश्न मनमा खेलाएर चिन्तित पनि रहन्छन् । यसले उनीहरुको यौन क्षमतामा नकारात्मक असर पर्नसक्छ ।

के गर्ने ?

  • पोर्नोग्राफीको चक्करमा भ्रमित भएर पार्टनरसँग उल्टासिधा प्रयोग गर्न नखोज्ने ।
  • तनावमुक्त सेक्सको आनन्द लिन कन्ट्रासेप्शनको प्रयोग गर्ने ।
  • पार्टनरलाई भावनात्मक रुपमा खुशी राख्ने । यसले यौनक्रिया अझ बढी आनन्ददायक हुन्छ ।

उमेर ३० वर्ष
यो उमेर सेक्सका लागि धेरै राम्रो समय हो । ३० वर्षको उमेर सम्म पुगिसक्दा सेक्स लाइफ पहिले भन्दा निकै धेरै सक्रिय हुन्छ । जोडीहरु एक अर्काको शारीरिक इच्छालाई बुझ्न लाग्छन् । महिलाको सेक्स प्रति हिचक पनि कम हुन्छ । यसले उनी पनि सेक्समा सक्रिय भूमिका निभाउन लाग्छिन् ।

यो उमेरमा के हुन्छ  ?
यो उमेरमा पुरुष करियर बनाउने र पैसा कमाउने चक्करमा धेरै ब्यस्त रहन्छन् र सेक्स लाइफलाई नजरअन्दाज गर्दछन् । महिला पनि पूर्ण रुपमा घर परिवार एवं बच्चालाई सम्भाल्नमा जुटिरहन्छिन् । यस्तो अवस्थामा जिम्मेवारीको बोझले उनीहरुको कामेच्छा कम हुनसक्छ ।

के गर्ने ?

  • आपसी सम्वाद बनाइराख्ने । वैवाहिक सम्बन्ध बलियो बनाउन यो धेरै जरुरी हुन्छ ।
  • वीकेएन्ड (साप्ताहिक) मा घुम्न जाने । रोमान्टिक सिनेमा हेर्ने ।
  • यदि रातमा थकानका कारण सेक्सको इच्छा नभएमा बिहानीपख सेक्सको आनन्द लिने ।
  • एक अर्कासँग मजा लिने कुनै पनि मौका नगुमाउने ।

उमेर ४० वर्ष
यस उमेरमा पुग्दा पुग्दै जोडीको सेक्स इच्छामा परिवर्तन आउँछ । यो समय उनीहरुको कामेच्छामा गिरावट आउँछ भन्ने नभई पति पत्नी दुवै भावनात्मक र शारीरिक अवस्थामा धेरै परिपक्क हुन्छन् । यो उमेरको महत्वपूर्ण कुरा भनेको एक अर्कालाई सन्तुष्ट पार्न पार्टनरलाई धेरै टेन्सन हुँदैन ।

यो उमेरमा के हुन्छ ?
यो उमेरमा धेरै जोडीहरु आफ्नो शरीर र फिटनेसमा ध्यान दिँदैनन् । यो उमेर सम्म पुग्दा धेरै जोडीहरु डायबिटीज, ब्लड प्रेशर जस्ता रोगको चपेटामा पर्दछन् जसले उनीहरुको सेक्स लाइफ प्रभावित हुन्छ ।

के गर्ने ?

  • फोरप्लेको समय बढाउने वा नयाँ तरिकाले फोरप्लेको शुरुवात् गर्ने ।
  • सेक्स लाइफलाई रोमान्टीक बनाउन अलग अलग पोजिशन ट्राइ गर्ने ।
  • शारीरिक रुपले फिट रहने कोशिस गर्ने । शरीरको सेप बिग्रन नदिने ।
  • आफ्नो डे«सिंग सेन्समा ध्यान दिने । पार्टनरलाई आफूतर्फ आकर्षित गर्ने कुनै मौका नगुमाउने ।
  • चिया, कफी, सिगरेट, ड्रिग्स आदिबाट टाढा रहने । यी चिजले रोगलाई आमन्त्रित गर्दछन् ।

उमेर ५० वर्ष
५० वर्षकोको उमेर सम्म पुग्दा महिलामा मेनोपाँज (महिनावारी सुक्ने समस्या) आउँछ । यसले शरीरमा एस्ट्रोजन हर्मोनको मात्रा कम हुन्छ । महिलाको योनीमा चिल्लोपना र सेन्सेशन कम हुन्छ र कामेच्छामा कमी आउँछ ।

यो उमेरमा के हुन्छ ?
उमेरको यस समयमा महिलाहरु सेक्समा दिलचस्पी देखाउन पनि लाज महसुश गर्न लाग्दछन् । पहिला जस्तो ऊर्जा वा उत्सुकता नहुने कारण उनीहरु सेक्स गर्न हिचकिचाउँछन । यो उमेरमा पुरुषलाई पनि इरेक्शन सम्बन्धी समस्या हुनलाग्छ ।

के गर्ने ?

  • यस उमेरमा सेक्सलाइफलाई जिवन्त बनाइराख्न जीवनसाथीलाई आजपनि उसलाई तपाईं उत्तिकै माया गर्नुहुन्छ भन्ने विश्वास दिलाउनसक्नुपर्छ ।
  • पुराना दिन खासगरी अन्तरंग समयको याद गर्ने र पार्टनरलाई पनि त्यस समयको याद दिलाउने ।
  • पार्टनरको साथ धेरै भन्दा धेरै समय बिताउने ।

सबै उमेरमा सेक्सको मजा लिन निम्न कुरामा ध्यान राख्ने

  • अत्यधिक औषधि खानबाट बच्ने । पेन किलर वा तनाव हटाउने औषधिले यौन जीवनलाई प्रभावित पार्छ ।
  • उमेर बढ्नाले सेक्स लाइफ खत्तम हुन्छ भन्ने नसोच्ने ।
  • घर परिवार एवं बच्चाको साथसाथै जीवनसाथीको शारीरिक एवं मानसिक जरुरतको पनि कदर गर्ने  ।
  • मेनोपाँजलाई सेक्सको अन्त नसम्झने । यसलाई नयाँ शुरुवात् सम्झेर अघि बढ्ने ।
  • उमेरको हर समयमा आफूलाई फिट राख्ने कोशिस गर्ने । अब उमेर गयो भन्ने नसोच्ने ।
  • तपाइको उमेर जति धेरै भए पनि सँधै पार्टनरको साथ एउटै कोठामा सुत्ने ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्