पिनास र आयुर्वेदिक उपचार
पिनास रोगका मुख्य कारण
- रोग प्रतिरोध क्षमतामा कमी
- नाकको हडडी बाङ्गो हुने अवस्था
- एलर्जी
- श्वास नलिको सक्रमण
- अनुचित जीवनशैली
- अनुचित पाचन एवं पोषण
- शरीरमा सञ्चित विषाक्त पदार्थ
- मानसिक एवं शारीरिक तनाव
पिनासको लक्षण
- शिरमा अत्यन्त पीडा
- नाक सुख्खा हुनु
- श्वासमा दुर्गन्ध
- गन्धबोधमा कमी हुनु
- निरन्तर रुघा लाग्नु
- तातो वाफ र पिप निस्कनु
- नाकको भागमा सुन्नीनु
- अनुहार वरिपरी सुन्नीएको अनुभव
- निरन्तर सिंगान बग्नु
पिनासबाट बच्ने उपाय
- तातो झोल पदार्थ प्रशस्त पिउने
- तातो र न्यानो खाना खाने
- चिसो मौसमबाट बच्ने
- नाक, शिर र मुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने
- प्रशस्त पानी पिउने
- नाक, मुखलाई धुवाा, धूलोबाट बचाउन माक्स प्रयोग गर्ने
- केरा, सुन्तला, भूईकटहर जस्ता फलफूल नखाने
- दुग्ध पदार्थ अत्यन्त कम खाने
- भुटेको, तारेको, चिल्लो तथा चिसो पदार्थ नखाने
- नियमित प्राणयाम तथा व्यायाम गर्ने
- अत्तर तथा सुगन्धीत वस्तुको ज्यादा प्रयोग नगर्ने
- धूम्रपान त्याग्ने
- तुलसी एवं बेसार पानी पिउने र बाफ लिने
उपयोगी जडिबुटीहरु
बेसार, मोथे, अदुवा, करञ्ज, हिङ्ग, देवदारु, दाडिम, दुवो, केशर, यष्टिमधु, पिप्पली
खान र गर्न हुने कुरा
नाकको रोगमा बन्द कोठामा बस्नु, पसिना निकाल्नु, पुरानो जौ, शाली चामल, मुग, गहतको रस, लसुन, हल्का भोजन पथ्य हुन्छ । उसिनेको खाना मात्र खाने, सिंगान बगिरहेमा तातोपानीमा अदुवा, तुलसी, बेसार पानी पिउने । सुख्खा पिनास भए पानीमा थोरै कागतीको रस मिलाएर पनि पिउन सकिन्छ ।
खान र गर्न नहुने कुरा
दही, दूध, माछा, मासु, अण्डा, पीरो, अमिलो अचार, चिल्लो, चिसो खानेकुरा, बार्नुपर्दछ । नाकबाट रगत बगेमा वा पिनासले गर्दा नाथ्री फुटेमा बढी तातो र बढी मसालादार खानेकुरा खानहुादैन । त्यस्तै मासको दाल, तामा, फर्सी, गोलभेंडा, पिंडालु, मुला, करेला, बकुल्ला र तोरीको साग पनि खानुहुदैंन ।
योग/प्राणयाम
रक्त एवं मस्तिष्कमा अक्सिजन प्रवाहको लागि गरिने श्वास प्रश्वासको लाभदायक व्यायाम प्राणायाम हो । तसर्थ पिनासका लागि प्राणायाम अत्यन्त लाभदायक
मानिन्छ । बिहान खाली पेटमा प्राणायाम, व्यायाम गर्नाले नासागत सम्पूर्ण नासागत रोगहरु नाष्ट हुन्छ ।
उपयोगी प्राणयाम : कपालभााती प्राणायाम, भष्ट्रिका, अनुलोम विलोम
घरेलु उपचार
- हरियो धनियाा र सेतो चन्दन पिनेर सुघ्नाले छ्या नष्ट हुन्छ ।
- बेसार, अदुवा, धनियाा, पिप्पली बराबर भुट्ने र मसालाको रुपमा तरकारी वा सुपको रुपमा प्रयोग गर्ने
- सक्खर मरिच दही सेवन गरेमा रोग नष्ट हुन्छ ।
- चिसो हावा, चिसो खाना, मसालादार खानाबाट बच्ने
- सधैं तातो पिउने वा खाने र श्वास संक्रमणबाट बच्ने
- नुनपानीले दिनको २-३ पटक कुल्ला गर्ने -सिंधे नुन)
- अदुवा, हरिद्रा आदि तातो पानीसाग पिउने
- आयुर्वेद अनुसार बेसार कपडामा बेरेर धुवाा सुघ्ने
- पटक पटक मनतातो पानी पिउने
पिनासको आयुर्वेदिक उपचार
तेल मालिस : तेलले मालिस गर्दा पिनासको दुःखाईमा अत्यन्त लाभदायक हुन्छ । तेललाई तताएर साइनस क्षेत्र गाला, निधार, कञ्चट, नाकको वरिपरी मालिस साथै तातो पानीको वाफ लिनाले नाक बन्द हुने, पिडा कम हुन्छ ।
स्टिम थेरापी : औषधीय स्टिममा सास लिनुपर्ने पिनासका लागि लाभदायक हुन्छ । यसका साथै तातो पानीमा अदुवा, बेसार अलिकति मिसाएर वाफ लिएर पनि नाकसम्बन्धि सबै समस्या ठिक हुन्छ । एउटा भााडोमा तातोपानी राखी टाउकोमा कपडाले ढाकेर दिनमा एक पटक वाफ लिन
सकिन्छ ।
नस्यकर्म : नास्यकर्म भनेको आयुर्वेद शरीर शुद्घ प्रक्रियाअन्र्तगत शिर एवं नाशागत रोगका निमित्त महत्वपूर्ण चिकित्सा हो । नाकबाट विभिन्न औषधीहरु पठाएर पिनास एवं नासाका अन्य समस्यामा चिकित्सकको प्रत्यक्ष निगरानीमा आयुर्वेद केन्द्रमा नस्य उपचार गरिन्छ । नस्य कर्मले नासामार्ग रहेका संक्रमण नष्ट हुन्छ र रुकावट ठिक हुन्छ, साथै नव एवं जीर्ण पिनास रोग पनि सफलतापूर्वक ठिक हुन्छ ।
-डा. राम मणि भण्डारी