Logo
|
Thursday 25th April 2024
Logo

epaper

इष्टवेष्टसँग क्यान्सर ट्रिटमेन्टको कम्लिट सोलुसन छ-शेर श्रेष्ठ



DSC_0379नेपालमा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय र अत्याधुनिक उपकरणहरु भित्र्याउने कम्पनिको रुपमा इष्ट वेष्ट कन्सर्न परिचित छ । मेडिकल क्षेत्रमा सबै खाले उपकरणहरु आपूर्ति गर्ने क्रममा इष्टवेष्टले क्यान्सरसँग सम्बन्धित उपकरणहरु प्याकेजकै रुपमा उपलब्ध गराउन थालेको छ । प्रस्तुत छ, ईष्ट वेष्ट कन्सर्नका प्रबन्ध निर्देशक शेर श्रेष्ठसँग गरिएको संक्षिप्त  कुराकानी ।

इष्टवेष्ट कन्सर्नको बारेमा बताइदिनुनस् न ?
ईष्टवेष्ट कन्सर्न प्रा.लि सन् १९८२ मा मेरो बुबा वंशीराम श्रेष्ठबाट स्थापना गरिएको कम्पनि हो । यसले शुरुका दिनहरुदेखि नै रेडियोलोजी सम्बन्धि उपरकणहरुको आपूर्तिमा काम गर्दै आएको छ । कम्पनिले सन् १९८६ मा नेपालमै पहिलोपटक बीर अस्पतालमा अत्याधुनिक  CT-Scan मेसिन तथा Gamma Camera आपूर्ति गरेको थियो । अहिले आम सर्वसाधारण नागरिकको रोग पहिचान र उपचारका लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनिका गुणस्तरीय तथा Advanced technology का मेडिकल उपकरणहरु मुलुकमा भित्र्याउन सफल भएका छौं ।

पछिल्लो सयमा मेडिकल उपकरण आपूर्तिमा इष्टवेष्टले के कस्ता उपकरण ल्याइरहेको छ त ?
हुन त शुरुमा हाम्रो यात्रा रेडियो डायग्नोस्टिकसम्बन्धि उपकरणहरुबाट भएको हो । अहिले हामी ल्याब डायग्नोस्टिक, सर्जरी र रेडिएसन उपचारका लागि उपकरणहरु आपूर्ति गर्दै आएका छौं ।

क्यान्सर उपचारका लागि यहाँसँग के कस्ता अत्याधुनिक उपकरण छन् ?
हामीसँग क्यान्सर पहिचान र उपचारका लागि Diagnostic, Surgery, Therapy सम्बन्धि कम्प्लिट सोलुसन छ । हामीले क्यान्सरको बढ्दो समस्यालाई दृष्टिगत गरी विश्व बजारमा ख्याति प्राप्त उपकरणहरु भित्र्याएका छौं । जस्तैः रोग पहिचानका लागि Radio diagnostic क्षेत्रमा SIEMENS कम्पनिका उपकरणहरु CR, DR, CT Scan, MRI, GAMMA Camera, PET-CT  तथा PET MR छन् यसैगरी Lab Diagnostic क्षेत्रमा Tumor marker, Oncohaemotology test का लागि SIEMENS को Biochemistry, ImmuneAssey, Hematology तथाBiopsy test का लागि LIECA जर्मनीको Histopathology, Immune Histochimestry  का Automatic मेसिनहरु उपलब्ध छन् । साथै सर्जरीका लागि COVIDEN उपकरणहरु, LIECA (Microscope),
KARLSTORZ (Endoscope)/ Radiotherapy को लागि विश्व प्रख्यात VARIAN COMPANY  उपकरणहरु रहेका छन् । नेपालमै पहिलोपटक SIEMENS कम्पनिको Wide bore RT-CT  तथा VARIAN  True Beam LINAC  नेपाल क्यान्सर अस्पतालमा आपुर्ति गरेका छौँ र चाडै नै सञ्चालनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्