Logo
|
Saturday 20th April 2024
Logo

epaper

क्यान्सर आतंक होइन, मुक्तिको उपाय हामीसँगै छ



विश्व क्यान्सर दिवस २०१५ः पहुँचबाट टाढा छैनworld cancer day 2015
क्यान्सरको नामनै आम मान्छेका लागि एक प्रकारको आतंक बन्ने गरेको छ । क्यान्सर नेपाली समाजमा त एकप्रकारको बिम्बनै बनेको छ, केही उपाय नलाग्ने अवस्था देखियो भने त्यसलाई क्यान्सरका रुपमा लिइन छ । हुन पनि क्यान्सर रोगका कारण विश्वमा लाखौंको ज्यान गइरहेको छ । स्वीजरल्याण्डको जेनेभास्थित युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (युआईसीसी) ले विश्वमा हरेक वर्ष ८२ लाख व्यक्तिको क्यान्सरका कारण मृत्यू हुने गरेको जनाएको छ । त्यसमध्ये ४० लाखको मृत्यू उत्पादनशील वर्ग पर्दछ । यो उमेर ३० देखि ६९ वर्ष समूहको रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, सन् २०२५ भित्र नसर्ने रोगबाट हुने युवा पुस्ताको मृत्यूलाई २५ प्रतिशत घटाउने ग्लोवल लक्ष रहेको छ । नसर्ने रोगमध्येको क्यान्सर पनि एक हो
हरेक वर्ष फेब्रुअरी ४ लाई विश्व क्यान्सर दिवसका रुपमा मनाउने गरिएको छ । यसवर्ष पनि ‘पहुँचबाट टाढा छैन’ भन्ने मूल नाराका साथ आगामी माघ २१ गते अर्थात फेब्रुअरी २०१५ मा विश्व क्यान्सर दिवस मनाइँदैछ । यस वर्ष क्यान्सर कन्ट्रोलका लागि ४ वटा कुरालाई मुख्य रुपमा केन्द्रित गरिएको छ ।

रोकथाम—स्वस्थ जीवनको छनौट गर्ने
स्क्रिनिङ—क्यान्सर सुरुको अवस्थामा पत्ता लगाउने
उपचार— उपचार सेवा विपन्न नागरिकको पहुँचभित्र पु¥याउने
गुणस्तरीय जीवन— निको नहुने क्यान्सरका बिरामीहरुको जीवन अत्यधिक गुणस्तरीय तरिकाले व्यतित गर्ने वातावरण बनाउने ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हुने बार्षिक मृत्यूमध्ये करिब ७ प्रतिशतको मृत्यू कुनै न कुनै क्यान्सरबाट हुने गर्छ । नेपाललगायत विश्वमा सबैभन्दा धेरै मृत्यू फोक्सोको क्यान्सरले भइरहेको छ । यसमा चुरोट बिँडी, खैनीलगायत सूर्तिजन्य पदार्थको सेवन कारक मानिएको छ । तर नेपाल सरकारसँग यसबारे कुनै ठोस तथ्यांक छैन । क्यान्सर करिब २ सय भन्दा बढीका प्रकारका छन् । तर नेपाललगायत विश्वमा मुख्य रुपमा फोक्सो, आमाशय, कलेजो, ठूलो आन्द्रा (मलाशय), आहार नली, प्रोस्टेट,स्तन, पाठेघर (गर्भाशय) मुख, रक्त क्यान्सरले धेरैको ज्यान लिएको पाइन्छ । शुरुको अवस्थामा क्यान्सरको उपचार भएमा यसबाट हुने आधा मृत्यूलाई जित्न सकिने अमेरिकन क्यान्सर सोसाइटीको अनुमान छ । क्यान्सर लागेपछि सर्जरी, केमोथेरापी र रेडिएसन थेरापी नै मुख्य उपचार हो ।

क्यान्सर कसरी हुन्छ ?
शरीरलाई स्वस्थ राख्न सेल (कोष) हरुको चक्र (साइकल) नियमित चलिरहन्छ । निश्चित बिन्दुसम्म सेल (कोष) बढ्छ र नयाँ सेल (कोष) उत्पादन गरेर त्यो आफैं मर्छ । यदि यो प्रक्रियामा कुनै अवरोध आएमा कोषहरुको चक्र नियमित हुन सक्दैन । यस्तो अवस्थामा अत्यधिक कोष उत्पादन हुने र मर्नुपर्ने कोषहरु मर्न छाड्छन् र शरीरको कुनै भागमा अत्यधिक अनाश्यक सेलहरु थुप्रिन थाल्छन् । यसो हुनमा जीनमा हुने न्यूट्रेसनका कारण हो । शरीर जिनबाट बनेको हुन्छ । जीनमा समस्या आउनमा जीवनशैली एउटा पाटो हुनसक्छ भने कतिपय वंशाणुगत हुन्छ । कतिपयमा जीनमा किन समस्या आउँछ भन्ने नै थाहा हुँदैन । चलिरहनुपर्ने साइकल (चक्र)मा कहिलेकाँही एक्कासी खराबी आइदिन्छ र अत्यधिक कोषहरु बढ्न थाल्छन् । यी कोषहरु गुणात्मक तरिकाले बृद्धि भइरहेका हुन्छन् । यसैलाई क्यान्सर भनिन्छ ।

क्यान्सर लागेपछि आयु कति हुन्छ ?
क्यान्सर एकै ठाउँमा बसिरहँदैन । क्यान्सर सेलहरु शरीरका विभिन्न भागमा पुगिरहेका हुन्छन् । यसले शरीरमा विभिन्न विकृतिहरु पैदा गर्न थाल्छ । यसले व्यक्तिलाई सुकाउनुका साथै सम्बन्धित अंग बिगार्दै जान्छ । क्यान्सर लागेको बिरामीको मृत्यू कुन बेला हुन्छ भन्ने कुरा पहिलो, दोस्रो, तेस्रो र चौथोमध्ये क्यान्सर कुन चरणमा छ भन्ने कुरामा निर्भर गर्छ । फोक्सोको क्यान्सर सेल टाउकोमा पुगेमा बिरामीको आयु ६ महिनाभन्दा धेरै हुँदैन ।

प्रतिक्रिया दिनुहोस्