Logo
|
Friday 19th April 2024
Logo

epaper

केमसानको हाइकमाण्डमा हमाल



जनस्वास्थ्य सरोकार काठमाडौं । केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन नेपाल (केमसान) मा नयाँ नेतृत्व DSC_0532चयन भएको छ । नयाँ नेतृत्वको हाइकमाण्ड भक्त हमालले सम्हाल्नुभएको छ । हालै राजधानीमा आयोजित नवौं वार्षिक साधारण सभाले हमालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेश घिमिरे र कविराज पोखरेल, महासचिवमा दिनेश शर्मा, कोषाध्यक्ष्यमा सिताराम कार्की र सचिवमा रामेन्द्र न्यौपाने चयन हुनुभएको छ । यस्तै, कार्यसमिति सदस्यहरुमा विशाल पण्डित, शेर श्रेष्ठ, कुमार दाहाल, उमेश शर्मा, पोष्टराज ज्ञवाली, खेमराज ढकाल र यादव पन्त निर्वाचित हुनुभयो ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष हमालले मेडिकल र सर्जिकल सामानहरुको खरीद प्रणालीलाई बजबूत बनाउँदै जानुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले वर्तमान अवस्थामा मेडिकल र सर्जिकलको व्यापारमा देखिएका समस्या समाधानका लागि एसोसिएसन सरकारलगायत सम्बन्धित निकायहरुसँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्ति गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्