Logo
|
Friday 19th April 2024
Logo

epaper

लिभरको कडापन पत्ता लगाउन मुलुकमा  SIEMENS USG ARFI Technology भित्रियो 



 लिभरको  कडापन पत्ता लगाउन अन्तर्राष्ट्रियस्तरको ARFI (Acoustic Radiation Force Impulse)  Technologyमा आधारित अत्याधुनिक SIEMENS Liver Elastrography मेसिन नेपालमा पहिलोपटक भित्रिएको  छ ।

विगत ३३ वर्षदेखि नेपाली बजारमा  अन्तर्राष्ट्रियस्तरका अत्याधुनिक मेडिकल उपकरण  भित्र्याउँदै आएको इष्ट वेष्ट कन्सर्न प्रा.लि. ले सो  प्रविधि मुलुकमा पहिलोपटक भित्र्याएको हो । यो  अल्ट्रासाउण्ड मेसिन SIEMENS Health Care Germanyको तर्फबाट अमेरिकामा उत्पादन हुन्छ । नेपाल रेडियोलोजी एसोसिएसन,  अल्ट्रासाउण्ड सोसाइटी नेपाल (यूएसएन), SIEMENS  इष्टवेष्ट कन्सर्न प्रा.लि.ले संयुक्त  रुपमा राजधानीमा आयोजना गरेको Continuos Medical Education (CME) कार्यक्रममा  मानव लिभरको अवस्था सजिलै पत्ता लगाउन SIEMENS USG ARFI ्टेक्नोलोजी निकै  सजिलो र भरपर्दो टेक्नोलोजी भएको जानकारी  दिइयो ।

कार्यक्रममा एमएनआर मेडिकल कलेज अभिसेक्स  इन्स्टिच्यूट अफ इमेजोलोजी हैदराजाद  इन्डियाका प्रा.डा. टि.एल.एन. प्रविनले  भन्नुभयो—‘लिभर कतिको कडा छ ? भन्ने कुरा सजिलै पत्ता लगाउनARFI Technology महत्वपूर्ण छ । यसले लिभर नर्मल अवस्थामा  छ वा यो कडा भइसकेको छ भन्ने कुरा सजिलो तरिकाले पत्ता लगाउँछ ।

लिभरको कडापन पत्ता लगाउन बायोप्सी गरिरहन जरुरी छैन ।’ यो ९०  प्रतिशत भरपर्दो प्रविधि भएको बताइन्छ । लिभर  जति नरम भयो त्यति नै स्वस्थ मानिन्छ । यो  कडा हुँदै गएमा यसले स्वास्थ्यमा धेरै समस्या  ल्याउने संभावना रहन्छ । लिभर कडा हुँदै जानुलाई  लिभर सिरोसिस भनिन्छ ।

लिभर सिरोसिस हुने  कारणहरुमा अत्यधिक रक्सीको सेवन, हेपाटाइटिस  बी र सी का भाइरस आदिको संक्रमणलाई लिने  गरिन्छ । हाम्रो देश नेपालमा यस प्रकारका भाइरस  दिनप्रतिदन व्यक्तिहरुमा देखिने क्रम बढ्दो  छ । विभिन्न किसिमका लिभरसम्बन्धि रोगहरु  जस्तैः मेटाबोलिक डिजिज, इन्फेक्सन आदिले  पनि लिभरलाई कडा बनाइरहेको हुन्छ । यस  किसिमको समस्या मोटो र डायबिटिजको समस्या  भएका व्यक्तिहरुमा बढी देखिनसक्छ । लिभर  कडा भएमा यसले गर्ने ५ सय भन्दा बढी काममा  बाधा पार्ने बताइन्छ । एकिन तथ्यांक नभएपनि  सम्बन्धित चिकित्सकहरुकहाँ आउने बिरामीहरुको  अवस्थालाई हेर्दा नेपालमा रक्सी सेवनबाट लिभर  बिग्रिने बिरामीको संख्या दिनप्रतिदिन ५ देखि १०
प्रतिशतको हाराहारीमा बृद्धि भइरहेको पाइएको  छ । नेपालमा लिभरसम्बन्धि रोगको ५० प्रतिशत  कारण रक्सी सेवनबाट हुने गरेको सम्बन्धित  चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्