Logo
|
Tuesday 16th April 2024
Logo

epaper

त्रिपुरेश्वरमा अटोमेटेड रिफरेन्स ल्याब



जनस्वास्थ्य सरोकार काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा अटोमेटेड रिफरेन्स ल्याब सञ्चालनमा आएको छ । यो सिन्धु पोलिक्लिनिक o-BLOOD-TEST-facebookएण्ड रेफरेन्स ल्याबोरेटोरी नामबाट सञ्चालनमा आएको हो । यो पोलिक्लिनिक र अटोमेटेड रिफरेन्स ल्याब भएको संस्थाका अध्यक्ष आर.एस.भण्डारीले बताउनुभयो । यसले आफ्नो स्वास्थ्यको अवस्था थाहा पाउन फूल बडी चेकअप निकै सस्तोमा उपलब्ध गराएको भण्डारीले बताउनुभयो । मुटु, दाँत, आँखाको चेकअपसहित फूडबडी चेकअपको स्किम राखिएको छ । विशेषज्ञ चिकित्सकको निगरानीमा अत्याधुनिक अटोमेटेड मेसिनबाट चेकअप हुने भएकाले यो ल्याबबाट प्रदान गरिने सम्पूर्ण चेकअप निकै विश्वसनीय भएको भण्डारीले स्पष्ट पार्नुभयो ।
यसलाई बिस्तार गर्दै देशका विभिन्न भागमा यस किसिमको ल्याबोरेटोरी सेवा स्थानीयतहबाट पनि प्रदान गर्दै जाने र हाल पोखरामा सञ्चालनमा आउन लागेको अध्यक्ष भण्डारीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्