Logo
|
Saturday 20th April 2024
Logo

epaper

मधुमेह पीडितले यी १० फलफूल नखाने



mangoसन्तुलित आहारले शरीरमा धेरै फाइदा पु¥याउँछ र स्वास्थ्य पनि ठीक रहन्छ । आफ्नो दैनिक भोजनमा फलफूल खाने गर्नाले भिटामिन, कार्बोहाइडे«ट र मिनरल जस्ता शरीरका लागि आवश्यक पोषक तत्व प्राप्त गर्न सकिन्छ । तर मधुमेह लागेका मानिसले केही फलफूल खान पछि हट्नुपर्छ । फलफूल स्वास्थ्यका लागि राम्रो भएपनि मधुमेह भएकाहरुमा यसको नराम्रो असर पर्न सक्दछ ।
फलफुल पोषण र ऊर्जाको राम्रो स्रोत हो । प्रत्येक फलफूलमा एन्टीअक्सिडेन्ट र पौष्टिक तत्वको मात्रा अलग अलग हुन्छ । मधुमेहबाट पीडित मानिसले ब्लड सुगर बढाउने फल खानबाट बच्नुपर्दछ । धेरै फलफूललाई ब्लड सुगर लेवलमा बदलाव ल्याउने क्षमताको आधारमा वर्गीकृत गरिन्छ । मधुमेह रोगीले कुनै पनि फल खानु भन्दा पहिला त्यसको जीआई इन्डेक्स भ्याल्यू (ग्लाइसेमिक इन्डेक्स) हेर्नुपर्दछ । यदि यो ५५ वा त्यो भन्दा कम भएमा मधुमेहका रोगीले त्यसलाई खान मिल्दछ । स्टा«ेबेरी, नासपाती र स्याउ आदि जस्ता केही फलफूल छन् जसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । त्यसैले यस्ता फललाई मधुमेहका बिरामीले खान सक्दछन् । मधुमेहका रोगीले खान नहुने फलफूल निम्न प्रकार छन् ।
आँप
फलफूलको राजा आँपलाई विश्वको सबैभन्दा स्वादिष्ट फल मानिन्छ । यसमा धेरै मात्रामा सुगर पाइने भएकाले मधुमेहका रोगीले धेरै आँप खान हुँदैन । यसलाई नियमित खानाले ब्लड सुगर लेवल धेरै बढ्दछ ।
अंगुर
अंगुरमा फाइवर, भिटामिन लगायत अत्यधिक सुगर पाइन्छ । मधुमेहका रोगीले यसबाट टाढै रहनुपर्दछ । तीन औंस अंगुरमा करीब १५ ग्राम कार्बोहाइड्रेट पाइन्छ ।
भूइँ कटहर
यसमा जीआई भ्याल्यू धेरै हुन्छ । यसलाई मधुमेह रोगीले आफ्नो आहारमा समावेश गर्न हँुदैन । सानो एक कप भूइँ कटहरमा पनि २० ग्राम वा त्यो भन्दा धेरै कार्बोहाइड्रेट पाइन्छ ।

सीताफल (आँटी,सरिफा)

यसमा धेरै मात्रामा भिटामिन सी, क्याल्शियम, आइरन र फाइबर पाइने भए पनि मधुमेहका रोगीले यसलाई नखादा राम्रो हुन्छ । करीब १०० ग्राम सीताफलमा पनि २३ ग्राम कार्बोहाइड्रेट पाइन्छ ।
खुबानी (खुरपाने)
यसको जीआइ भ्याल्यू ५७ हुन्छ । मधुमेह रोगीका लागि यो घातक हुनसक्दछ ।Poshan2
केरा
केराको जीआई भ्याल्यू ४६ देखि ७० को बीचमा हुन्छ र आधा कप केरामा करिब १५ ग्राम कार्बोहाइड्रेट पाइन्छ । पूर्ण पाकेको केरा मधुमेहका बिरामीले खानुहुँदैन ।
तरबूजा
यसमा फाइबर र क्यालोरी कम हुन्छ र यसको जीआई भ्याल्यू ७२ को नजिक हुन्छ । साथै तरबूजामा भिटामिन ए र सी पनि पर्याप्त मात्रामा पाइन्छ ।
मेवा
यसको जीआई भ्याल्यू ५९ को नजिक हुन्छ । यसमा धेरै मात्रामा क्यालोरी र कार्बोहाइड्रेट पाइन्छ । यदि यस्ता फलफूललाई मधुमेहका रोगीले आफ्नो खानामा समावेश गर्नुपरेमा ब्लड सुगर लेबल नबढ्ने किसिमले थोरै मात्रामा खानुपर्दछ ।
खजुर (सूखा बेर)
मधुमेहका रोगीले खान नहुने फलफूल मध्ये खजुर पनि प्रमुख हो । यस फलको जीआई भ्याल्यू १०३ हुन्छ । एक चौथाइ कप खजुरमा पनि करिब २४ ग्राम कार्बोहाइडे«ट पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्