Logo
|
Tuesday 18th March 2025
Logo

epaper

एन्जेलिनाले गर्भाशय हटाइन्



न्युयोर्क स् क्यान्सरका कारण दुवै स्तन शल्यक्रिया गरेर हटाएकी हलिउड स्टार एन्जेलिना जोलीले गर्भाशय पनि फ्याँकेकी छन्।
दोस्रोपटक पनि क्यान्सरको सम्भावना नटरेपछि उनले शल्यक्रिया गरेर गर्भाशयसमेत शरीरबाट हटाएकी हुन्।

न्युयोर्क टाइम्समा हालै प्रकाशित एक लेखमा उनले यस्तो उल्लेख गरेकी छन्। आफ्नो रक्तपरीक्षण गर्दा क्यान्सरको खतरा देखिएपछि शल्यक्रिया गराइएको उनले उल्लेख गरेकी छन्।
३९ वर्षीया जोलीको शरीरमा बीआरसीए वन जिन भएकाले स्तन तथा गर्भाशय क्यान्सरको खतरा हुने बताइएको छ। उनकी आमा र हजुरआमाको मृत्यु पनि गर्भाशयकै क्यान्सरबाट भएको थियो।
क्यान्सरकै खतराका कारण दुई वर्षअघि शल्यक्रिया गराएर उनले दुवै स्तन हटाएकी थिइन्।
गर्भाशय हटाउने निर्णय दिन त्यति सजिलो थिएनु, उनले लेखेकी छन्, अब मेरा सन्तानले मेरी आमा गर्भाशयको क्यान्सरले मरिन् भनेर भन्नुपर्ने छैन।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्