Logo
|
Tuesday 16th April 2024
Logo

epaper

वार्ता असफल,एमाले नेता नेपालविरुद्ध नाराबाजी



काठमाडौं, आमरण अनसन बसिरहेका प्रा.डा.गोविन्द केसी र सरकारका प्रतिनिधिबीच अनसनको दसौं दिन बित्दासम्मTeaching-hospital पनि सहमति भएको छैन । अपरान्ह नागरिक समाजको मध्यस्थतामा वार्ता हुने भनिए पनि वार्ता हुन सकेन ।

सरकारले वार्ताका लागि खटाएका मुख्य सचिव लिलामणि पौडेल र योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललाई दिउसो थप म्यान्डेट दिएको थियो । यसमा दुई मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने, केसीले राजीनामा मागेका पदाधिकारीबारे छानविन गर्न पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीशको संयोजकत्वमा आयोग गठन गर्ने तथा ती पदाधिकारीहरुलाई प्रधानमन्त्रीले सावधानी पत्र पठाउने लगायतका थिए ।

सरकारी टोलीसँग वार्ता गर्नका लागि डा.केसी समर्थक डाक्टरहरुको टोली तथा चिकित्सक संघ तयार भए पनि सरकारी प्रतिनिधि बुधबार अनसनस्थल पुगेनन् । आज दिनभरी नै टेलिफोनमा वार्ता भएको छ,एक सरकारी अधिकारीले बताए ।

साँझसम्म पनि प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रीहरु र अन्य सम्बन्धित अधिकारीको छलफल जारी छ । केसीले राजीनामा र बर्खास्तीको माग नछोडेका कारण सहमति हुन नसकेको कानुनमन्त्री नरहरि आचार्यले बताए । बेलुकी अबेरसम्म पनि सहमतिको प्रयास जारी रहने उनले जानकारी दिए । सरकारी अधिकारी र डाक्टर केसीका प्रतिनिधिबीच टेलिफोनमा धेरैपटक वार्ता भए पनि सहमति कायम भएन ।

बुधबार विद्यार्थीहरुले नेपाल मेडिकल काउन्सिल पुगेर विरोध प्रदर्शन गरे भने यता शिक्षण अस्पताल पुगेका नेकपा एमाले नेता माधवकुमार नेपाललाई घेराउ गरे । आजै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य लगायतका व्यक्तिहरुले डाक्टर केसीलाई भेटे ।

एमाले नेता नेपालविरुद्ध नाराबाजी

एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार एक बिरामीको स्वास्थ्य अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुग्दा डा.गोविन्द केसीको समर्थनमा रहेका विद्यार्थी र आन्दोलनकारीको घेराउमा परेका छन् । १० दिनदेखि आमरण अनशनरत डा। केसीको माग पूरा नभएकामा आक्रोशित आन्दोलनकारीले नेता नेपालविरुद्ध नाराबाजी गरेका थिए ।

गृहजिल्ला रौतहटका एक बिरामी भेट्न गएका नेपालसँग आन्दोलनकारीले अनशनका बारेमा एमालेको धाराणा माग गरेपछि नेपालले मापदण्ड नपुगेकालाई सम्बन्धन दिन नहुनेमा आफ्नो समर्थन रहेको बताएका थिए । डा.केसीका माग ठीक छन्, जति पनि माफिया छन् तिनको सञ्जाल तोडनुपर्छ । भ्रष्टाचार, अनियमितता रोक्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा मेरो पनि समर्थन छ,उनले भने, तर यहाँ मनमोहन अधिकारीको नामको विरोध किन हुन्छ डा.केसी आमरण अनशनका सन्दर्भमा एमालेलाई जबर्जस्ती बदनाम गर्ने प्रयास भएको भन्दै नेपालले आपत्ति जनाए ।

मापदण्ड पुग्दैन भने बीपी, गणेशमान, गिरिजा, पुष्पलाल, मनमोहन जोसुकैको नाम भए पनि सम्बन्धन पाउनु हुँदैन, नेता नेपालले भने, तर मापदण्ड पुगेको छ, पुर्‍याउँछु भन्छ भने त्यसको अगाडि के नाम जोडियो भन्ने आधारमा विरोध गर्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्