नेभिगेशन

स्वाईन फ्लुबाट एमाले नेता ढकालको निधन

काठमाडौ, २२ चैत । स्वाईन फ्लुको आशंकामा गत चैत १४ गते राजधानीको ग्राण्डि अस्पताल भर्ना गरिएका नेकपा ramnath-dhakalएमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकालको आज निधन भएको छ । उपचारको क्रममा आज उनको निधन भएको अस्पतालका डा. प्रेम ज्ञवाली र अर्जुन कार्कीसहितको टीमले परिवारका सदस्यलाई जानकारी गराएका थिए ।ढकाललाई बचाउन नसकिएको जानकारी गराएको थियो । आईसीयूमा उपचारका क्रममा उनलाई दिल्ली लैजान १४ गते नै एयर एम्बुलेन्स समेत बोलाइएको थियो । तर, मौसमले साथ दिएन भने उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि १७ गते दिल्ली नलैजाने निर्णय भएको थियो । अस्पताल प्रमुख डा. चक्रराज पाण्डेका अनुसार ढकालमा स्वाइन फ्लु, लिम्फोफ्लोलिफिरिटिज र क्षयरोग थियो । उनलाई मेदान्त अस्पतालका चिकित्सकहरुसँगको परामर्शमा उपचार गराईरहिएको थियो । एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार ढकालको शव अन्तिम श्रद्धाञ्जलीका लागि भोलि बिहान ८ बजेबाट पार्टी कार्यालय बल्खुमा राखिने भएको छ । गुल्मीको खड्गकोटमा जन्मिएका ढकाल अखिलका पूर्व अध्यक्ष समेत हुन् । उनी अघिल्लो संविधानसभा व्यवस्थापिकामा राज्य व्यवस्था समितिको सभापति थिए । बुढानिलकण्ठमा बस्दै आएका ढकालका दुई श्रीमती, दुई छोरा र एक छोरी छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ न्यूज