धरान, चैत्र २२ - आर्थिक अनियमितता र भ्रष्टाचार भएको उजुरी परेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
प्रतिष्ठानको योजना, आर्थिक, प्रशासन र एकेडेमीका काजपत्र आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
प्रहरी उपरीक्षक लालमणि आचार्य नेतृत्वमा आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले कागजपत्र नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार शंकास्पद देखिएका ठेक्का प्रक्रिया, कर्मचारी भर्ना, लेखासँग सम्बन्धित अभिलेख पनि नियन्त्रणमा लिइएको छ ।
'विभिन्न उजुरीका आधारमा परेकामध्ये आर्थिक वर्ष ०७०/७१ का बोलपत्र, कर्मचारी भर्ना, आर्थिक गतिविधिका महत्त्वपूर्ण फाइलहरू नियन्त्रणमा लिइएको छ,' क्षेत्रीय प्रशासक डुल्लुराज बस्नेतले भने । उजुरीमा प्रतिष्ठानमा करोडौं रुपैयाँको चलखेल भएको उल्लेख छ ।
उजुरी परेपछि अख्तियारले छानबिन गर्ने प्रक्रिया सामान्य भएको प्रतिष्ठानका उपकुलपति डा. बलभद्रप्रसाद दासले बताए ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ