Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपालमा पहिलोपटक दुई प्रयोगशालालाई गुणस्तर प्रमाणपत्र



Dr kyoor
पूर्व अर्थमन्त्री शंकर कोइरालाबाट आईएसओ १५१८९ः२०१२ प्रमाणपत्र ग्रहण गर्दै सम्यक डायग्नोस्टिक प्रा.लि.का अध्यक्ष डा. केयुर गौतम

जनस्वास्थ्य सरोकार । नेपालमा पहिलोपटक दुईवटा ल्याबोरेटोरी अन्तर्राष्ट्रिय मानकिकरण संस्था (आईएसओ) १५१८९ः२०१२ बाट मान्यता प्राप्त गर्न सफल भएका छन् । ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिक प्रा.लि. र काठमाडौंको दरबारमार्गस्थित काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टर (केपिएल) लाई अन्तर्राष्ट्रिय ल्याब्रोटेरी मानकिकरण निगम, जेनेभासँग आबद्ध नेपालस्थित एईआरएसएससीले उक्त मान्यता प्रदान गरेको हो ।

KPL
पूर्व अर्थमन्त्री शंकर कोइरालाबाट आईएसओ १५१८९ः२०१२ प्रमाणपत्र ग्रहण गर्दै काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टरका डा.शिवराज के.सी. ।

गत २६ जेठ २०७२ मा काठमाडौमा आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री शंकर कोइरालाले सो प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
‘आइएसओ १५१८९ः२०१२, हाम्रो ल्याब्रोटोरीको गुणस्तर र हामीले गरिरहेको कामको सम्मान हो । यो प्रमाणपत्रले हामीलाई अझ राम्रो काम गर्ने प्रेरणा र जिम्मेवारी दुवै प्रदान गरेको छ ।’—सम्यक डाईग्नोष्टिक प्रा.लि.का अध्यक्ष डा.केयुर गौतमले बताउनुभयो ।
‘सम्यकले पाएको अन्तराष्ट्रिय मान्यताले हामीलाई अझ जिम्मेवार बनाएको छ भने हामी अरु ल्याब्रोटोरीहरुलाई पनि आईएसओ १५१८९ः२०१२ का लागि सहयोग गर्नेछौँ । हाम्रो उद्देश्य देशभर स्तरीय ल्याब्रोटरीहरु होस् र सर्वसाधारणले सहि मुल्यमा स्तरिय सेवा पाउन भन्ने नै हो’—डा.गौतमले भन्नुभयो ।
यसैगरी काठमाडौं प्याथ ल्याब एण्ड डायग्नोस्टिक सेन्टरका डा. शिवराज के.सी.ले भन्नुभयो—‘आईएसओ १५१८९ः२०१२ प्राप्त गर्नुमा हाम्रो ठूलो मिहिनेत र लगाब छ । ’
सम्यक डाईग्नोष्टि र केपिएललले लगातार आफ्नो स्थापनाकालदेखि स्तरीय सेवामा विश्वास राख्दै आएका छन् । नेपालमै अब स्तरीय प्रयोगशाला र स्तरीय मानवश्रोतका कारण धेरै स्वास्थ्य परीक्षणहरुका लागि अब बिदेश पठाउनु नपर्ने उनीहरुको विश्वास रहेको छ । आईएसओ १५१८९ः२०१२ भनेको ल्याबोरेटोरीको व्यवस्थापन, क्वालिटी कन्ट्रोल, टेक्निकल क्वालिटी कन्ट्रोललगायत सम्पूर्ण कुरालाई दृष्टिगत गरी उत्कृष्ठताको आधारमा दिइने गुणस्तर प्रमाणित आईएसओ हो ।

 

प्रतिक्रिया दिनुहोस्