Logo
|
Sunday 23rd March 2025
Logo

epaper

डा. शर्माले लिंग पहिचान गरेर भ्रूण हत्या गरेको पुष्टी



जनस्वास्थ्य सरोकार, काठमाडौं । गैरकानुनी रुपमा लिंग पहिचान गरेर गर्भपतन गराएको अभियोगमा नेपालका एक Dr nutan sharmaजना चिकित्सकको लाइसेन्स ३ महिनाका लागि खारेज गरिएको छ । ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा काम गर्दा स्त्री तथा प्रशुति रोग विशेषज्ञ डा. नूतन शर्माले गैरकानुनी रुपमा लिंग पहिचान गरेर गर्भपतन गराउने गरेको पुष्टी गर्दै नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले साउन २४ गते डा. शर्माको लाइसेन्स तीन महिनाका लागि खारेज गरेको हो । लिंग पहिचान गरेर गर्भपतन गराउन नेपालको कानुनले बन्देज गरेको छ । अल्कामा काम गर्दा डा. शर्माले लिंग पहिचान गरेर गर्भपतन गराउने गरेको अभियोगमा ललितपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । यस विषयमा नाष्ट, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायतका निकायले छानबीन र अध्ययन अनुसन्धान गरेका थिए । यस विषयमा अन्तिम निर्णय लिन सो फाइल नेपाल मेडिकल काउन्सिलको इथिकल बोर्डमा झिकाइएको थियो । काउन्सिलको छानबीन र अनुसन्धानले डा. शर्माले गैर कानुनी रुपमा लिंग पहिचान गरेर गर्भपतन गराउने गरेको पुष्टी गरेपछि चेतावनीस्वरुप उनको लाइसेन्स तीन महिनाका लागि खारेज गरेको जनाइएको छ । अब डा. शर्माले तीन महिनासम्म कुनै पनि क्लिनिकल प्राक्टिस गर्न पाउने छैनन् । यसरी लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने चिकित्सकलाई बचाउ गर्ने अल्का अस्पताललाई पनि कारबाही प्रक्रिया अघि बढाउन काउन्सिलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ । अभियुक्त डा. शर्मा अल्का र पाटन अस्पतालमा कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस्