Logo
|
Friday 29th March 2024
Logo

epaper

चेपुवामा बिरामी



जनस्वास्थ्य सरोकार । सरकार, निजी क्षेत्रका मेडिकल कलेज सञ्चालक र डा. गोबिन्द के.सी.बीचको मेडिकल शिक्षा Medical collgeसुधारसम्बन्धि जुहारीका कारण आम सर्वसाधारण बिरामीहरु चेपुवामा परेमा छन् । गत भदौ १९ गते राति भएको ११ बुँदे सम्झौतापछि डा. केसीले २० गते १४ दिने लामो अनसन तोडेका थिए । तर आफूसँग भएको सम्झौता कार्यान्वयनमा सरकारले धोका दिएको भन्दै डा. केसीले फेरि २५ गते शुक्रबारबाट पुनः अनसन थाल्ने चेतावनी दिएका छन् । डा. केसीसँग भएको सम्झौताको पहिलो बुँदामा मन्त्रीपरिषद्को पहिलो बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गर्ने भनिएको थियो । तर २१ गते बसेको मन्त्री परिषद् बैठकले चिकित्सा शिक्षा आयोग गठन नगरी थप अध्ययनका लागि पुनः सामाजिक समितिमा पठाउने निर्णय गरेको थियो । यसले सम्झौता कार्यान्वयन नहुने आशंकामा डा. केसीले आन्दोलन गर्ने मनस्थिति बनाएका हुन् । यसअघि डा. केसीले पाँच पटक अनसन बसिसकेका छन् ।
यता नयाँ मेडिकल कलेजको सम्बन्धन, शुल्कसिमा, सिटलगायतका विषयमा माथेमा आयोगले दिएको सुझाबप्रति आपत्ति जनाउँदै निजी क्षेत्रमा सञ्चालित मेडिकल कलेजहरुले बिरोध गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित १८ वटा मेडिकल कलेज र दुई वटा डेन्टल कलेजले गत २२ गते आकस्मिकबाहेक सम्पूर्ण ओपिडी (बहिरङ्ग) सेवा बन्द गरे । यसबाट लाखौं बिरामीहरुले बहिरङ्ग उपचार सेवा लिनबाट बञ्चित हुनुप¥यो । योजनाबद्ध तरिकाले सरकारले निजी क्षेत्रका मेडिकल कलेजहरुलाई बन्देज लगाउन खोजेको निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरुको आरोप छ ।
सरकारले माथेमा आयोगको सुझाबअनुसार काठमाडौं उपत्यकामा नयाँ सम्बन्धन हाललाई नदिने, हरेक बर्ष हुने एमबीबीएस भर्ना संख्या १ सय ५० बाट घटाएर १ सयमा झार्ने, शुल्क ३५ लाख रुपियाँ भन्दा धेरै लिन नपाइने जस्ता बन्देज लगाएको छ ।
एकातिर डा. केसी. विधिको सासन नभएर माफियाको धम्की, घुर्की र घुसले राज्य चलेको आरोप लगाइरहेका छन् भने मापदण्ड लागू भए कलेज सञ्चालन गर्न नसक्ने निजी क्षेत्रका मेडिकल कलेज सञ्चालकहरु बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्