जनस्वास्थ्य सरोकार । नेपालमा बर्षेनी करिब १५ अर्ब रुपियाँ बराबरको मेडिकल र सर्जिकल सामग्रीको कारोबार गर्ने
व्यवसायीहरुको छाता संगठन केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियसन (केमसान) नेपालले ‘केमसानको भावना, स्वास्थ्य क्षेत्रमा गुणस्तरको संभावना’ भन्ने मूल नाराका साथ आफ्नो ११ औं स्थापना दिवस मनाएको छ ।
नेपालमा करिब ३ सयको हाराहारीमा मेडिकल र सर्जिकल सामान आपूर्ति गर्ने व्यवसायी छन् । केमसानमा हाल करिब १५० भन्दा बढी व्यवसायीहरु आबद्ध छन् ।
केमसानले आफ्नो स्थापना दिवसको अवसरमा काठमाडौंमा विशेष प्रभातफेरि गरेको छ । त्रिपुरेश्वरमा रहेको केमसानको केन्द्रिय कार्यालयबाट निस्केको प्रभातफेरिले सुन्धारा, सहिदगेट, भद्रकाली हुँदै पुनः त्रिपुरेश्वर पुगेर सभामा परिणत भएको थियो । सो अवसरमा केमसानका अध्यक्ष भक्त हमालले भन्नुभयो—‘अस्पताल लगायतका स्वास्थ्य क्षेत्रमा दिने मेडिकल र सर्जिकल सामानहरुको गुणस्तरमा हामी कहिल्यै सम्झौता गर्दैनौं । सर्बसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

प्रकाशित मिति: बुधबार, असोज २०, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ