Logo
|
Friday 29th March 2024
Logo

epaper

औषधि उपलब्ध गराउन छिट्टै पहल गर्नेछु-मन्त्री चौधरी



काठमाडौँ : दीपावली अगाडि तराई आन्दोलनको निकास निकाली जनतालाई स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीले बताएका छ्न् ।
स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै सरकारी वार्ताटोलीका सदस्यसमेत रहनुभएका मन्त्री चौधरीले वार्ताटोलीका Ramjanam-chaudhary.jp_142702281संयोजक कमल थापा जेनेभाबाट फर्कनासाथ समस्याको सुरक्षित अवतरणका लागि पहल गर्ने बताए ।
आन्दोलनका कारण विभिन्न स्वास्थ्य संस्थामा औषधिलगायतका समस्या आइपरेको भन्दै मन्त्री चौधरीले सो समस्या समाधानका लागि पनि पहल थाल्ने बताए ।
मन्त्री चौधरीले सबै जनतामा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन आफूले काम गरेर देखाउने प्रतिबद्धता गरे । ‘औषधि अभाव भएका स्थानमा समयमै औषधिलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउन छिट्टै पहल गर्नेछु’, उनले भने ।
मुलुकमा जारी अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावका साथै विभिन्न स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । देशभर स्वास्थ्य मन्त्रालयको मातहतमा ४१ हजार स्वास्थ्य संस्था छन् । रासस

प्रतिक्रिया दिनुहोस्