Logo
|
Friday 19th April 2024
Logo

epaper

एन्टिबायोटिकको दुरुपयोगःस्वास्थ्यमा गम्भीर असर



जनस्वास्थ्य सरोकार । एन्टिबायोटिक औषधिको दुरुपयोग बढ्दै गएकाले एन्टिबायोटिक प्रयोग गर्दा ध्यान दिन Antibioticसुझाइएको छ । एन्टिबायोटिक औषधिका बारेमा बिरामी नै सचेत नहुँदा र डाक्टरले पनि राम्रोसँग जानकारी नगराउँदा यसको दुरुपयोग बढ्दै गएको छ ।
एन्टिबायोटिक औषधिको डोज लगातार ७ दिन खाएपछि मात्र पुग्छ । तर धेरैजसो बिरामीले एक दुई दिन मात्र खाने गरेका छन् । केही बिरामीले त अझ छिटो निको हुने भन्दै एकै पटक दुई चक्की समेत सेवन गर्ने गरेको पाइएको चिकित्सकहरु बताउँछन् ।
एन्टिबायोटिक औषधिको डोज पूरा नगरे स्वास्थ्यमा पर्ने असरबारे डाक्टरले पनि राम्रोसँग बुझाउन आवश्यक देखिएको छ । दक्षिण एसियाली मुलुकहरुमा एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनकी दक्षिण एसिया प्रमुख पूनम क्षेत्रपाल सिंहका अनुसार, स्वास्थ्य जाँच नगरी एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति नरोकिए सन् २०५० सम्ममा यसको प्रयोगका कारण विश्वमा ज्यान गुमाउनेको संख्या एक करोड पुग्ने अनुमान गरिएको छ ।
चिकित्सकको सिफारिस बिना औषधि प्रयोग गर्दा शरीरलाई आवश्यक पर्ने कतिपय ब्याक्टेरिया मारिने र त्यसका कारण पातलो दिसा आउने, मुखमा खटिरा देखिने, एलर्जी हुने र कतिपय अवस्थामा बिरामीको ज्यान समेत जाने गरेको चिकित्सकहरु बताउँछन् ।
एक पटक डोज पूरा नगरे एन्टिबायोटिकले अर्को पटक काम गर्न गा¥ह«ो पर्ने चिकित्सकहरु बताउँछन् । एन्टिबायोटिकले निमोनिया, क्षयरोग, गनोरिया र रक्त समस्या भएका बिरामीलाई निको पार्न समस्या भएको चिकित्सकहरुको भनाइ छ ।
चिकित्सकले एन्टिबायोटिकका बारेमा जानकारी राख्न, आफूले प्रयोग गरेका औषधि अरुलाई प्रयोग गर्न नदिन र हात राम्रोसँग धोएर खान र खुवाउन सल्लाह दिएका छन् । एन्टिबायोटिक औषधिका बारेमा सचेतना जगाउन मंसिर १ गतेदेखि सप्ताहव्यापी कार्यक्रम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्