जनस्वास्थ्य सरोकार । नेपालका वरिष्ठ न्यूरो सर्जन प्रा.डा. गोपाल रमण शर्मा न्यूरो सर्जनहरुको छाता संगठन
नेप्लिज सोसाइटी अफ न्यूरो सर्जन (नेसोन) को अध्यक्षमा निर्वाचित हुनुभएको छ । प्रा. डा. शर्मा अहिलेको निकै प्रभावकारी न्यूरो सर्जनको रुपमा देखिनुभएको छ । हाल उहाँ बीर अस्पताल, चावहीलस्थित दीर्घायूगुरु हस्पिटल र नेपाल मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ ।
ललितपुरको कुपोन्डोलस्थित हिमालय होटलमा मंसिर १८ गते सम्पन्न नेसोनेको चौथो साधारण सभाले प्रा. डा. शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नेसोनको उपाध्यक्षमा त्रि.बि.शिक्षण अस्पतालका वरिष्ठ न्यूरो सर्जन प्रा.डा. मोहन राज शर्मा चिर्वाचित हुनुभएको छ । यसैगरी, महासचिवमा एसोसिएट प्रोफेसर डा. कृष्ण शर्मा, कोषाध्यक्षमा डा.प्रवेश राजभण्डारी, सहसचिवमा डा. एम बहादुर रोका निर्वाचित हुनुभएको छ । नेसोनको सदस्यहरुमा एसोसिएट प्रोफेसर डा. राजिब झा, डा. रेशा श्रेष्ठ, लेक्चरर डा. सुमित जोशी, डा. चन्द्रप्रकाश लिम्बु, लेक्चरर डा. बिक्रम शाक्य र डा. सबल सापकोटा निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष प्रा.डा. शर्माले नेपाल सरकारले न्यूरो समस्यालाई प्राथमिकतामा नराखेको उल्लेख गर्नुभयो । ‘सरकार सरुवा रोगको रोकथामका मात्र अल्झिएर बसेको छ—प्रा.डा. शर्माले भन्नुभयो—‘गरीब असहायहरुको न्यूरो उपचारका लागि राज्यले विशेष प्राथमिकताका साथ सहुलियत बजेटको व्यवस्था मिलाउनुपर्छ ।’
हाल मुलुकमा करिब ४० जना न्यूरो सर्जन छन् । न्यूरो समस्या पहिचान सँगै सेवा लिन आउने बिरामीहरुको संख्यामा पनि बृद्धि भइरहेको छ । दुई दशक अघिसम्म ५० प्रतिशत बिरामी न्यूरो शल्यक्रियाका लागि विदेश जाने गरेकोमा यो संख्या घटेर अहिले ५ प्रतिशतमा झरेको छ । मुलुकमा न्यूरो सर्जरीका लागि आवश्यक पर्ने धेरै प्रविधि भित्रिसकेकाले धेरै बिरामीले विदेश जानुपर्ने समस्याको न्यूनिकरण भएको छ । विदेशको जस्तै अत्याधुनिक प्रविधि र क्षमतावान जनशक्ति मलुकमा उपलब्ध भएको र विदेशको तुलनामा ५ गुणा कम मूल्यमा शल्यक्रिया सेवा उपलब्ध भइरहेको जनाइएको छ ।
मस्तिष्कमा रहेका विभिन्न काम गर्ने सेन्टरहरुले शरीर क्रिया चलाएको हुन्छ । यी सेन्टरले काम गर्न छाड्ने बित्तिकै शरीर नै समाप्त हुन्छ । त्यसैले मस्तिष्क बिनाको जीवन छैन । बोल्ने, हेर्ने, मुटु, हातगोडा चलाउनेलगायत सम्पूर्ण शरीर प्रणाली चलाउने काम ब्रेनको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १८, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ